Home Blog Page 1445
चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५२२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । नेपालमा गएको २४ घण्टमा ५७८ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय...
रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा छन् गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १५–२०...
काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिया कार्यक्रममात्र बोल्दै नेता पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन्। मोही माग्ने ढुङ्ग्रो लुकाउनेजस्तो गर्नु हुँदैन,’ जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तर्क्रियामा पौडेलले भने, ‘प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक छ, अलोकतान्त्रिक छ। संविधानअनुसार यसो गर्न...
झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा...
  काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको...
मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा गएका श्रमिकहरुमा परेको समस्या झन दुखद छ । उक्त समस्यालाई मध्यनजर गरेर एनआरएन मलेसिया केही राहतका कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ कारण नेपालमा जारी गरिएको...
  काठमाडौं । जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी...
  काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै बढ्दो संक्रमण र‍ोक्न लकडाउन लागु गर्नु।परेको बताउदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले...
- Advertisement -

POPULAR POSTS