Home Blog Page 1451
काठमाडौं । प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई नेकपा (प्रचण्ड–नेपाल) समूहले हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर...
काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।...
काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छ । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए । “प्रदेश सरकार अब उक्त खेलकूद...
  ऐजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो । ‘अदन विमानस्थल’मा बुधवार ठूलो बिष्फोट भएको छ । बिष्फोट यमनको नयाँ क्याबिनेटका मन्त्रीहरु सवार विमान अवतरण भए...
  काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या होइन भनेर जिन सिक्वेन्सिङ गरिएको छैन ।...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८७० जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १० हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ७४५ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८७ हजार ४६० जनाले स्वास्थ्य लाभ गरेको...
  काठमाडौं । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो । मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो । घोडाघोडी यातायात...
काठमाडौं । विवेकशील साझा पार्टीले वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा प्रदर्शन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टका अनुसार विरोध प्रदर्शनका क्रममा असंवैधानिक प्रतिनिधिसभा विघटनबारे सडक नाटकसमेत देखाइएको थियो । सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको र यसले गलत नजिर बस्ने उसले बताएको छ । कार्यक्रममा पार्टीका संयोजक मिलन...
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक...
  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव परेसँगै शाक्यलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गरेका छन् । मुख्यमन्त्री...
- Advertisement -

POPULAR POSTS