ऐजेन्सी । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।
बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि...
काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शनिबार बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३८० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११२३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७१ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११४३ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौं । नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २२०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको...
नेपालगञ्ज । बाँकेका अस्पतालमा शनिबार विहान थप २ जना कोरोना संक्रमितको निधन भएको छ । संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दियाका ७२ वर्षीय पुरुषको भेरी अस्पताल र दाङका ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार विहान निधन भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा शनिबार विहान सवा...
काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल भेट्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड छलफल गर्न लागेका हुन्। ‘सचिवालय बैठक बस्नुअघि उहाहरु छलफल गर्नुहन्छ होला। त्यसको लागि वातावरण तयार भइसकेको छ,’ स्रोतले भन्यो, ‘दुई अध्यक्ष बसेपछि सचिवालय बैठक सुरू...
बुटवल । स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षिय प्रमोद कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्क नजिकै प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा सुनौलीबाट भैरहवातर्फ आउँदै गरेका गुप्तालाई २४ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक...
मलेसियाको टपग्लोब कम्पनीले आफ्ना कामदारहरु कोरोना संक्रमित भई अस्पताल भर्ना हुदा वा क्वारेन्टाइनमा बसेको वा उपचार गर्दा काम नगरेको समयको तलब नकाट्ने भएको छ ।
बिभिन्न प्रयोजनको निमित्त हातमा लगाउने ग्लोभ बनाउने संसारकै ठूलो मध्येको एक टपग्लोभ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत विदेशि कामदारहरु अत्याधिक मात्रामा कोरोना संक्रमित भएपछि संक्रमित कामदारहरुको उपचारको समयमा काम नगरेको समयको तलब नकाट्ने जनाएको छ...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११४१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७० हजार २३६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११४४ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...

















