बैतडी । बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मङ्सिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने निर्णय गरेको छ ।
बलिसहितको भव्य...
पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान...
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा रोकि राखेको जीप दूर्घटना हुँदा ५ जनाको निधन भएको छ।
दुर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको निधन भएसंगै निधन हुनेको सङ्ख्या ५ पुगेको हो ।
सार्कीलाई थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी रुकुम पश्चिमले जनाएको छ । यसअघि हिजो साँझ भएको उक्त दुर्घटनामा परि...
सुनसरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।
कार्यालयको हाताभित्र एक विशेष समारोहकाबिच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन ।
अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद विकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया विकास कोष...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गरिरहेका छन । प्रचण्डले २८ कात्तिकमा सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ ओलीले दिँदैछन्...
रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन ।
मन्त्रीपरिषदले मुख्यमन्त्रीको कार्यालय अन्तर्गत "प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेख जिल्ला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नारायण न . पा . ८ निवासी श्री सर्वराज...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३५० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११०२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ६१ हजार ८६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ११४८ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ७०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७०३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार २३७ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा...
काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख...
ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए ।
ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व...
















