मेलबर्न, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्य संयोजक पदका लागि महादेव धानुकले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। झण्डै १५ वर्षदेखि सामाजिक सेवा तथा नेतृत्वको क्षेत्रमा सक्रिय रहेका धानुक हाल NRNA Victoria मा डिपुटी कोअर्डिनेटरको जिम्मेवारी सम्हालिरहेका छन्।
उनले सामाजिक संजालमार्फत सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, "NRNA हामी सबैको साझा संस्था हो — कुनै एक व्यक्तिको होइन।...
अस्ट्रेलिया
एनआरएनए अस्ट्रेलिया (NSW) २०२५–२०२७ का लागि बिशाल रेग्मी एससीसी सदस्य पदमा उम्मेदवार
Himal Times -
सिड्नी, अस्ट्रेलिया —बैंकिङ पेशाबाट सुरु भएको यात्रालाई सामुदायिक सेवामा समर्पणमा परिणत गरेका बिशाल रेग्मी, एनआरएनए अस्ट्रेलिया (NSW) को आगामी कार्यकाल २०२५–२०२७ का लागि एससीसी सदस्य पदमा उम्मेदवार बनेका छन्।
नेपालमा बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रेग्मीले अस्ट्रेलिया आएपछि रिटेल, हस्पिटालिटी, र अहिले ड्राइभिङ स्कूल सञ्चालनमार्फत प्रवासी नेपालीहरूलाई आत्मनिर्भर र सशक्त बनाउन समर्पित भई काम गर्दै आएका छन्। उनी हाल सिड्नीको...
विविध
नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ
Himal Times -
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ।
यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक जनचेतना फैलाएको छ।
गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल तथा भारतका उच्चपदस्थ विशिष्ट अतिथि, चिकित्सक,...
डबो, न्यू साउथ वेल्स —सिंधुली, नेपाल मूलका प्रेम दाहाल एनआरएनए न्यू साउथ वेल्स (NRNA NSW) को आगामी २०२५–२७ को निर्वाचनमा एससीसी सदस्य पदका लागि उम्मेदवारका रूपमा उठेका छन्। हाल डबोमा म्याकडोनाल्ड्सका मेनेजर रहेका दाहालले आफ्नो व्यवसायिक र सामाजिक अनुभवलाई नेपाली समुदायको सेवा र नेतृत्वमा लगानी गर्ने लक्ष्य राखेका छन्।
२०१७ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएका दाहालले आठ वर्षदेखि आतिथ्य,...
“सबै नेपालीको आवाज सुन्ने, समेट्ने र उठाउने नेतृत्व आवश्यक छ” – भानु खरेल
न्युयोर्क, अमेरिका –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खरेलले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै एनआरएनएको प्रतिष्ठा पुनःस्थापना, विभाजित समूहहरूको एकता र संगठनलाई मूल लक्ष्यतर्फ फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “हामी सबै मिलेर...
सत्येन्द्र के.सी.को संयोजकत्वमा नयाँ कार्यसमिति चयन
नागोया, जापान –कास्की पोखरा समाज जापान, नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्येन्द्र के.सी.को संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
संस्थाले नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजलाई अझ सक्रिय, समावेशी र उद्देश्यपरक बनाउन अपेक्षा गरेको छ।
नव–निर्वाचित कार्यसमिति
संयोजक: सत्येन्द्र के.सी.
उप–संयोजक: किरण तिवारी
...
प्रवास
कास्की पोखरा समाज जापान कान्साई क्षेत्रीय समितिको पहिलो अधिवेशन सम्पन्न, अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
Himal Times -
ओसाका, जापान – कास्की पोखरा समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट श्री अग्नि त्रिपाठीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
नव-निर्वाचित समितिलाई समाजका विभिन्न सदस्य तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।समाजले नयाँ नेतृत्वले संस्थालाई ऊर्जावान, समावेशी र समुदायमुखी बनाउँदै लैजाने पूर्ण विश्वास व्यक्त गरेको छ।
नव-निर्वाचित कार्यसमिति
अध्यक्ष (संयोजक): श्री अग्नि...
प्रवास
“अबको नेतृत्व युवाको हातमा” – सुभाष लामिछानेले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै
Himal Times -
टोकियो, जापान –गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेला, युवा व्यवसायी सुभाष लामिछानेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
बोल्ने होइन, गर्ने नेतृत्व चाहिएको बेला, लामिछानेजस्तो व्यवहारिक अनुभव, सामाजिक सक्रियता र नेतृत्व क्षमताले भरिएको नामले चुनावी प्रतिस्पर्धामा पाइला टेकेको छ।
एनआरएनए जापानका प्रवक्ता हुँदै हाल उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका लामिछानेले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने इच्छा...
फुकुओका, जापान – फुकुओका नेपाल सोसाइटीको २८औं अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमार्फत श्री दिपक बिक सोसाइटीको नयाँ अध्यक्ष पदमा चयन हुनुभएको छ।
नयाँ कार्यसमिति गठनसँगै संस्थाले आगामी कार्यकाललाई अझ प्रभावकारी, समावेशी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अवसरमा अध्यक्ष दिपक बी.क. लगायत सम्पूर्ण नव-निर्वाचित कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
संस्थाले जापानमा रहेका...
अमेरिका
पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र टोरोन्टोको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
Himal Times -
टोरोन्टो, क्यानडा – पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
संस्थाले कला, धर्म र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको छ। यसै सन्दर्भमा, नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नव-निर्वाचित कार्यसमिति (PNCCC 2025)
अध्यक्ष: निलकण्ठ पौडेल
सभापति: अरुणा पौड्याल
...

















