Flash News
मलेसियामा कोभिडका नया बिरामि बढेकाे बढेकै, आज सबैभन्दा बढि १७ सय ५५ जना भेटिए
BIPEN Ulange -0
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ७५५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३८ हजार १८९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ सय २६ जना निको...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९०९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३४ हजार...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा सुरु भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक विषयमा छलफल हुनेछ । नेकपाभित्र बढेको आन्तरिक विववादकाबीच धुम्बाराहीमा सुरु भएको बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् ।
बैठकमा...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले पार्टीको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा भएको बताएका छन् ।
“नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ३६ हजार ४३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ८ सय ३९ जना निको...
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि प्रति महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ।
कार्यपालिकाको ९५ औं बैठकले निर्णय गरे अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरूको बैंक खातामा रकम जम्मा हुने बताएको छ । उपमहानगरपालिकाले कतिपय अभिभावकले ढिला गर्ने गरेको भन्दै ३५ दिन भित्र गरिदिन आग्रह गर्दै...
काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार नै बिदाइ गरेको थियो ।
ढाका जाने टोलीमा आठ नयाँ खेलाडी छन् । टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना सङ्क्रमण देखिएपछि बङ्गलादेश गएका छैनन् । चोटका...
ऐजेन्सी । भारतको मुम्बई प्रहरीले रिपब्लिक टिभीका संस्थापक तथा प्रधान सम्पादक अर्नव गोस्वामी, उनकी पत्नी, छोरा र अन्य दुई जनाविरूद्ध जाहेरी दर्ता गरेको छ।
प्रहरीले गोस्वामीलाई पक्राउ गर्न जाँदा उनीसहित उनकी पत्नी साम्याब्रता, छोरा र अन्य दुई जनाले हातपात तथा दुर्व्यवहार गरेको भन्दै बुधबार जाहेरी दर्ता गरेको हो।
प्रहरीले बुधबार गोस्वामीलाई सन् २०१८ मा अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर र उनकी...
धनगढी । कोभिड-१९ संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । मन्त्री शाहलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
१५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो ।
नाकबाट...

















