काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुमा खाना बाँडेको बारे मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् । सोमवार महानगरपालिकाले त्यसरी सार्वजनिक स्थलमा खाना खुवाउँदा शहर फोहोर भएको र महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना वितरण कार्यमा रोक लगाउन निर्देशन दिएको थियो । सो विषयमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
सो विषयको विरोध भएपछि महानगरका मेयर...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।
बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए । उनले भने, ‘के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु...
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए। सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न पनि उनीहरूले माग गरेका थिए। प्रदर्शनकारीले भारतीय सेनाध्यक्ष नरवणेविरूद्ध पनि प्रदर्शन...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।’ उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा...
ऐजेन्सी । कोभिडबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् ।
तर कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् । विश्वभरी अहिलेसम्म...
लमही । तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले सहुलियत दरमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन् ।
चाडपर्वका समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्तालाई सस्तो र सुपथ मूल्यको चामल उपलब्ध गराउने योजना ल्याएपनि चामल बिक्री हुन नसकेको सो कार्यालयले जनाएको छ । कार्यालयले गत...
काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।
घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९३३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज भने थोरै कम हो ।
यस्तै नेपालमा हालसम्म सक्रिय...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । आज निधन हुने सङ्ख्या अहिलेसम्मकै धेरै हो।
मलेसियामा हालसम्म ३४ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको...
Flash News
निजामती कर्मचारीहरुको ट्रेड युनियनको चुनाव मंसिर २७ मा , कर्मचारी सरुवा गर्न रोक
BIPEN Ulange -
काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ (२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०(१) बमोजिम कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा...

















