सिड्नी — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् संयोजक पदका लागि राकेश जोशीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। कार्यकाल २०२५–२०२७ का लागि हुने आगामी निर्वाचनमा उनले समुदायको साथ, समर्थन र विश्वासमा आधारित नेतृत्व प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।
जोशीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “म, राकेश जोशी, एनआरएनए अष्ट्रेलिया –...
दोहा, कतार — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको २०२३–२०२५ कार्यकाल अन्तर्गतको तेस्रो तथा अन्तिम परिषद् भेला यही ४ जुलाई २०२५, शुक्रबारका दिन अनलाइन मार्फत (Zoom) दिउँसो १ बजेबाट हुने भएको छ।
उक्त भेला संघको विधान २००३ (एघारौं संशोधन २०२३) को परिच्छेद ६, दफा १३, उपदफा १३.३ बमोजिम आह्वान गरिएको हो। संघका महासचिव रबिन मगरद्वारा जारी सूचनामा भनिएको...
क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, मलेसियाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पञ्जीकृत सदस्यता लिने अन्तिम मिति १३ जुलाई २०२५ राति १२:०० बजेसम्म कायम रहेको जानकारी गराएको छ।
मलेसियामा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सदस्यता समयमै लिई संघको गतिविधिमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।
सदस्यता लिनका लागि आवश्यक चरणहरू:
Play Store मा गएर...
ब्रिसबेन, अस्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समिति (QLD SCC) सदस्य पदका लागि महेश पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।
"साझा एनआरएनए वास्तबमै हामी सबैको साझा अभियान हो," भन्दै पौडेलले आफ्नो उम्मेदवारी सन्देशमार्फत समुदायलाई संस्थागत सबलीकरण र समावेशी सहभागितामा जोड दिएका छन्।
सबैको अपनत्वसहितको एनआरएनए निर्माणको प्रतिबद्धता
“सबल एनआरएनए” को प्रमुख आधार भनेकै यो साझा अभियानलाई थप संस्थागत गर्दै समुदायका...
प्रवास
एनआरएनए आयरल्याण्डको महासचिवमा प्रत्यासी प्रविण बरालको घोषणाः “समर्थनशील, सक्रिय र निडर समुदाय निर्माण गरौं”
Himal Times -
डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) को निर्वाचनमा महासचिव पदका लागि प्रविण बरालले उम्मेदवारी घोषणा गरेका छन्।
गत ४ वर्षदेखि सदस्य र कोषाध्यक्षको भूमिकामा रहेर सक्रिय सेवा, समर्पण र परिणाममुखी कार्यशैली देखाएका बरालले अब नेतृत्व तहमा प्रवेश गर्दै समुदायमैत्री, समावेशी र व्यवहारिक योजना सहित चुनावी मैदानमा उत्रिएका छन्।
महत्वपूर्ण एजेन्डाहरू
१. मानसिक स्वास्थ्य कार्यक्रम:बरालले आयरल्याण्डमा एनआरएनएको पहिलो...
अमेरिका
कुल प्रसाद (के.पी.) ढकाल एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारीमा
Himal Times -
क्यालिफोर्निया, अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आगामी कार्यकालका लागि अध्यक्ष पदमा कुल प्रसाद ढकाल (के.पी. ढकाल)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
अघिल्लो कार्यकालमा झिनो मतान्तरले उपविजेता बनेका ढकालले यसपटक सम्पूर्ण समुदायको एकता, सहकार्य र विश्वासका साथ आफूलाई समर्थन गरिदिन हार्दिक अनुरोध गरेका छन्।
"मन जित्ने चुनाव जित्नु भन्दा ठूलो हो" — के.पी. ढकाल
ढकालले विगत १३ वर्षदेखि क्यालिफोर्नियामा बसोबास...
लन्डन, जुलाई ३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकाल (२०२५–२०२७)का लागि सदस्यता विस्तार अभियान औपचारिक रूपमा सम्पन्न भएको छ। संघका अनुसार यसपटक करिब ४,२०० सदस्यता आवेदन (ड्राफ्टसहित) प्राप्त भएका छन्।
संघले अल्पसमयमै बेलायतभर खटिएका सम्पूर्ण अभियन्ता, स्वयंसेवक र समुदायका सहयोगी हातहरूप्रति हार्दिक नमन व्यक्त गरेको छ।
यसै सन्दर्भमा, सामाजिक अभियन्ता एवं वर्तमान कार्यसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरिरहेकी डा. रक्षा...
नेदरल्याण्ड, जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्याण्डले आफ्नो सदस्यता प्रणालीमा परिवर्तन गर्दै अबदेखि सदस्यता दर्ता पुरानो मोबाइल एपमार्फत नभइ संघको नयाँ आधिकारिक वेबसाइटमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
संघले एक सूचना प्रकाशित गर्दै सम्पूर्ण नेदरल्याण्डवासी नेपालीहरूलाई समयमै नयाँ प्रणालीमार्फत सदस्यता लिन अनुरोध गरेको छ।
🔗 नयाँ सदस्यता दर्ता लिङ्क:👉 https://nrna.nl/membership/
एनआरएनए नेदरल्याण्डले विशेषगरी कम्तिमा २ वर्षदेखि नेदरल्याण्डमा स्थायी वा दीर्घकालीन रूपमा बसोबास...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया निर्वाचन अब २३ दिन बाँकी, ‘टीम एकता एनएसडब्ल्यू’ सशक्त ढंगले अगाडि बढ्दै
Himal Times -
सिड्नी, अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया राज्य समिति निर्वाचन २०२५ को लागि अब केवल २३ दिन बाँकी रहँदा, ‘टीम एकता एनएसडब्ल्यू’ सम्पूर्ण उत्साह र योजनासाथ चुनावी मैदानमा अग्रसर देखिएको छ।
"विविधतामा एकता" भन्ने नाराका साथ अघि बढिरहेको टीम एकतामा विभिन्न पृष्ठभूमिका नेपाली– व्यवसायी, विद्यार्थी, अभिभावक, कामदार र पेशेवरहरूको समावेश छ। उनीहरू सबैको साझा उद्देश्य भनेको इमानदारी, पारदर्शिता र कार्यदक्षताका साथ...
सिड्नी, अष्ट्रेलिया
अष्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्यमा गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२७) का लागि उप-समन्वयक पदमा चन्डिका ओली ओडारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
वर्तमानमा क्वेकर्स हिल, एनएसडब्ल्यूमा बसोबास गर्दै आएकी ओली मूलतः नेपालकी हुन् र २००८ मा अष्ट्रेलिया आएकी थिइन्। व्यवसायिक लेखा विषयमा स्नातकोत्तर र शिक्षामा स्नातक अध्ययन गरेकी ओली नेपालमा सरकारी शिक्षक र व्याख्याता समेत...

















