मलेसिया । विश्वभरि फैलिएको कोभिड-१९ को प्रकोप महामारीले नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागु गरिएको आवागमन नियन्त्रण आदेश (एमसीओ) का कारण मलेसियामा अलपत्र परेका ,रोजगार गुमाएका लगायतका नेपाली मध्ये हालसम्म १६ हजार ७ सय २१ जना स्वदेश फर्किएका छन् ।
नेपालमा लागु गरिएको लकडाउन र मलेसियामा लागस गरिएको एमसीओका क्रममा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुदा मलेसियामा अलपत्र परेका हजारौं...
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन्। भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको...
काठमाडौं । काठमाडौं उपत्यकाको शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको निधन भएको छ । टेम्पो सडकबाट करिब २०-२४ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए ।
१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल...
काठमाडौं । मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताए।
अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको महतोको भनाइ छ । यसक्षेत्रमा...
काठमाडौं । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ। संघीय सरकारले खर्च व्यहोर्नेबाहेक बाकी सबै कोरोना संक्रमितको उपचार प्रदेश सरकारले नै गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनु भयो ।
प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा निःशुल्क उपचारसँगै प्रदेशभित्रका विभिन्न जिल्लामा रहेको ल्याबमा पनि निःशुल्क परीक्षण जारी रहने मन्त्री दुलालले जानकारी दिनुभयो । संघीय सरकारले यसअघि...
वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।
चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार...
रुकुम (पश्चिम ) । नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुम (पश्चिम ) को अभियान "आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान" कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा बुधबार सम्पन्न भएको छ ।
" उत्पादन, रोजगार एवम् आर्थिक विकास साथ समृद्धि तिर अघि बढौँ , सामाजिक साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं " भन्ने मुल नाराका साथले नेकपा रुकुमले...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म २२ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने १९९ जनाको निधन भएको छ । त्यस्तै हालसम्म १४ हजार ९३१ जनाले...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यो सङ्ख्या करिब ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ४४ हजार...
काठमाडौं । रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिनेभएको हो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने...

















