कैलाली । लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-४ बस्नेहरु ४३ बर्षीय दिपक भण्डारी, २८ प्रकाश शाही, ३२ वर्षीय प्रजिन राई, ३४ वर्षीय कृष्ण बिष्ट,...
बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ।
पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो।
रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए।
सो बिओपीको औपचारिक उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशङ्कर बुढाथाकीले बिओपीले सीमा...
कविता : बेहाल
असार मैना पानीमा रुझी रोपाइँ गरेको
मङ्सिर आयो भकारी खाली बसाइँ सरेको
काँधमा जुवा बोकेर हलो खेतमा जोतिन्छ
अन्नको थुप्रो मालिक लिन्छ खमारै खोसिन्छ
कपडा छैन शरीर नाङ्गै जलेको घाममा
खाली है पेट पटुकी कसी व्यस्त छ काममा
सुकेको तन दुखेको मन थलामा परेको
कस्ले पो देख्छ श्रमिक आत्मा गलेर झरेको
कुहियो खर चुहियो घर मुस्किल जोगिन
गरिब हाल नसोधे हुने बेहाल जीवन
कसरी हेर्ने मरेको भोकै...
खोटाङ । खोटेहाङ गाउँपालिका वडा नं ४ वडकादियाले निवासी ३० वर्षीय उमेश नेपालीलाई खोटाङ समाज हङकङले सहयोग गरेको छ ।
नेपालीको घरमतान लगायत खाद्यान्न, लत्ताकपडा गत चैतमा अचानक आगालागी भै जलेर पूर्णरुपमा क्षति भएको थियो । उमेश नेपालीलाई परेको समस्यालाई मध्यनजर गरी खोटाङ समाज हङकङद्वारा स्थापित खोटाङ प्राकृतिक प्रकोप सहयोगकोष खोटाङले आर्थिक सहयोग जुटाएको थियो ।
उक्त आर्थिक सहयोग खोटेहाङ गाउँपालिका...
लघुकथा :आफ्नो मरदलाई
इन्दिरा प्रसाई
त्यस रात पनि उनी पिएर आएका थिए । सधैँझैँ हामीवीच घमासान वाकयुद्ध चल्यो । दुवै छोराहरू डराएर पढेजस्तो अभिनय गरिरहेका थिए । आफ्नो सबै घरधन्धा सकिसकेकी चन्द्रीमाई पनि हाम्रो झगडा भएको चालै नपाए जस्ती भएर भान्सा कोठैतिर सर्याकसुरुक गर्दै थिई ।
हाम्रो वाकयुद्ध अन्तिम चरणमा पुगेपछि उनले मेरा खुला केशराशीलाई आफ्नो सिकार बनाए र मैले पनि आत्मरक्षार्थ...
गजल
लोकतन्त्र त नेतालाई कमाउने भाँडो भयो।
यति सुन्दर व्यवस्था, यिनकै कारण घाँडो भयो।
दुख गरि हुर्काएको गणतन्त्रको बोटबाट।
उनीहरुलाई स्वादिलो फल, हामीलाई काँडो भयो।
सम्झिनुस् त अस्तिसम्म यिनको हालत कस्तो थियो।
जीवनशैली परिवर्तन क्यारी यति चाँडो भयो?
रोगले भन्दा भोकले बढी मर्न सक्छन् मान्छेहरु।
दुखीलाई यो जिन्दगी घनघस्याको डाँडो भयो।
लाल कार्की अन्जन , फेदिखोला स्याङ्जा
कैलाली । कञ्चनपुरमा विषालु सर्पको डसाइबाट एक जना किशोरको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय पर्वत गिरीलाई गएराति सर्पले डसेपछि उपचार गर्न लादैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गिरीलाई सर्पले डसेपछि उपचारको लागि महाकाली अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा उनको मृत्यु भएको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४८२ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
त्यस्तै सोमबार १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ४ हजार ६५६ जना पुगेका छन ।
यस्तै नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३०...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ जना रहेकाे छ । गएको २ हप्ता अघिदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६४० जनामा संक्रमण पुष्टि...
भक्तपु । पुर्व सचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोटन गर्ने कार्यमा संलग्न थप एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
२०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा मनोरमपार्कस्थित पूर्व...