मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् ।
चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा काेराेना संक्रमण भएकाे मध्येमा १४ जना मलेसियन, १ सय ६३ जना नेपाली, बंगलादेशि ६७, मयानमार ३५, ईन्डाेनेसिया ३१, ईन्डियन ४, भियतनाम १ र कम्वाेडियन १...
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले एक महिलालाई जेठ २९ गते विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै पर्वतमा, २२ वर्षीया...
क्वालालम्पुर । मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्तिमसम्म नलिने भएको छ । विश्वभरि फैलिएको कोरोना महामारीकाे कारण विदेशी कामदार लिने प्रकृया हाललाई मलेसिया सरकारले स्थगित गरेको हो ।
सोमबार स्थानीय पत्रकारहरुसंग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री एम सारावनानले यो बर्षको अन्त नभएसम्म विदेशी कामदार लिने प्रक्रिया स्थगित गरिएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
कोरोना प्रकोपका कारण...
लघुकथा:अभियन्ता
अनिमेष"नीलम कुमार पाैड्याल ,
छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्कप्रसाद दलित सामाजिक संजालबाट समेत सम्मानित समाजसेवी हुन् । उनी जातीय भेदभाव , छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दै थाक्दैनन् । “परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ । " भाषण गर्दा उनको यो भनाइ थेगो नै भैसकेको छ । एकदिन उनको घरमा एकजना पाहुनाको आगमन हुन्छ ।
नोकर :”मालिक ,...
Flash News
पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गरि चर्को भाडा असुल्ने पक्राउ
BIPEN Ulange -
काठमाडौं । सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४५८० नम्बरको हाईस गाडीका चालक बाँके नेपालगंज उपमहानगरपालिका-६ घर भएका...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १७७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका...
Flash News
विश्वभरि लकडाउन खुकुलोसंगै संक्रमित बढे , संक्रमितको सङ्ख्या ९० लाख ५१ हजारबढी
BIPEN Ulange -
काठमाडौ । विश्वभरि लकडाउन खुकुलो गरिएसंगै संक्रमितको सङ्ख्या पनि बढ्दाे अवस्थामा रहेको छ । विश्वमा परेको प्रत्येक्ष आर्थिक प्रभाव कम गर्न भन्दै केहि देशहरुमा यसअघि लागु गरिएको बन्दा बन्दि खुकुलो पारिएको छ । नेपालमा पनि लकडाउन खुकुलो पारिएको छ भने पछिल्लो समयमा ९ हजारबढिमा संक्रमित फेला परि सकेको छ ।
यस्तै विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना...
क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले १५ औँँ वार्षिकोत्सब तथा साधारणसभा गर्ने भएको छ ।
मलेसियामा लामो समयदेखि सक्रिय रहेको तामाङहरुको साझा संस्था तामाङ घेदुङ मलेसियाका अनुसार कार्यक्रममा संघका प्रतिनिधिमात्रै उपस्थिति हुने र अतिथि तथा अन्य ता लगायतलाई भर्चुअल माध्यमबाट वार्षिकोत्सब तथा साधारणसभा गर्ने जनाएको छ ।
आगामी जुलाई ५ मा क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा कार्यक्रम तय भएको संघले बताएको...
लघुकथा : भरिया
जनक सिक्देल
" भनेको सुन्नु भएन् ? जानूस् न एउटा भारी बोक्ने भरिया खोज्नूस् । भारी बोक्ने मान्छे नै भएन् । " श्रीमती च्याँठ्ठिइन् ।
मेरो पालो - " हर्केलाई भारी बोकेर पल्लो घरमा पुर्याऊ भनेर अादेश दिएँ । "
ऊ पनि अरूको भारी बोक्न छोडेर खुशी हुँदै अायो । अनि धमाधम् भारी बोकेर पुर्याउँन थाल्यो । जोश र...
काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् ।
संशोधन प्रस्तावमा काङ्ग्रेस...