मोरङ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाईट्रोसन र ५१ चक्की नाईट्राभेट सहित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लाहरुमा अवैध रुपमा...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १३ हजार १५५ रहेको छ ।
यस्तै आइतबार २८१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
बारा । बिश्रामपुर गाउँपालिका-२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका-१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद शनिबार दिउँसो लुटपाट भएको छ ।
यादवले भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा गाउँपालिका-२ कान्तिपुर बरैनिँया बस्ने २१ वर्षीय मनोज यादव समेत ५ जनाले कुटपिट गरी घाइते बनाई उनको रकम लुटेर फरार भएका हुन् । कुटपिटबाट घाइते भएका...
मलेसिया । अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेका छन् ।
आलेले आइतबार एक विज्ञप्ति जारी गर्दै आफु अहिलेसम्म सुरक्षित र सकुशल रहेको जानकारी दिदै संस्थाभित्रको समस्या संस्थाभित्रै छलफल गरेर समाधान गर्न माग गरेका हुन ।
आलेले विज्ञप्ति सार्वजनिक...
सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ८ हजार ६९७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर २ करोड ३३ लाख ८२ हजार ७९ मा देखिएकाे संक्रमित मध्ये १ करोड ५९ लाख ८ हजार ५२५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
काेराेनाकै...
काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । उनले फेसबुक लाईभमा आएर माफी मागेकी हुन ।
‘महानायक’ विवादपछि ट्रोलको सिकार भएकी दिपाले जन्मदिनको अवसरमा फेसबुक भिडियोमार्फत मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला उनले भनिन् ।’
कलाकारिताको ३० वर्षको दौरानमा आधी समय पीडादायी भएको बताकी छिन् ।...
वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो ।
शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो...
Flash News
विवादकाबीच एनआरएन युएईका अध्यक्ष कोइराला निलम्बित, एनआरएन मलेसियामा पनि विवाद
BIPEN Ulange -
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गरि देश विकास गर्न सक्ने समेतको धनी संस्थाकाे रुपमा हेरिदै आएको छ ।
त्यही संस्थामा विदेश स्थित विभिन्न देशमा पद र प्रतिस्ठाको लडाइ हुने गरेको पनि...
काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ खारावाङ बस्ने २१ वर्षीय थमचन्द्र रोका र सिस्ने गाउँपालिका-१ भट्टेचौर बस्ने २६ वर्षीय अमित विसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रोकाको साथबाट...
















