ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।
करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ ।
भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका...
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न नाकामा अलपत्र परेका नागरिकहरुको उद्दार गर्न कार्यबिभाजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्रदेशका नाकामा अलपत्र परेका नागरिकको उद्दारका लागि कार्यविभाजन भएको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी जानकारी दिईन् । मुख्यमन्त्रीको निर्देशन अनुसार प्रदेशका नाकामा आएर अलपत्र परेका कर्णालीबासी नागरिकहरूलाई सम्बन्धित जिल्लाहरुमा...
काठमाडौं । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन ।
मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६ जना विदेशीहरुलाई नियन्त्रणमा लिएकाे अध्यागमन विभागका महानिर्देशक दातुक खैरुल डिजाइम दौडले जानकारी दिए । विशेष सुचनाकाे आधारमा बिहिवार छापा मार्दा उनीहरु पक्राउ परेका हुन ।
तीन...
Flash News
फेसबुकमा रांगाकाे मासुलाई जरायोकाे मासु भनेर फाेटाे पाेष्ट गर्दा प्रहरी फन्दामा
BIPEN Ulange -
काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन ।
दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा लकडाउनकाे टाईम पास आजकाे नास्ता जरायोकाे सुकुटी भनेर फेसबुकमा हालेपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन ।
गढवाका इन्सपेक्टर मोहनसिंह राठौरका अनुसार जरायोकाे मासु भनेर फेसबुकमा हालेकाे...
कृष्ण गुप्ता
बिरगंज । गत बिहीबार बागलुङकाे गलकाेटबाट छुटेको बिरगंज जादै गरेको बस बा३ ख ८३०३ र बा ४ ख ५७९० नम्बरका दुई वटाबसका मजदुरलाई कस्की जिल्ला प्रशासन रोकेपछि मजदुरहरु अलपत्र परेकाे बताएको छ ।
बाग्लुङ गल्काेट नगरपालिकाकाे सिफारिसमा घर जान हिडेका करिब १०० जना भन्दा बढि मजदुर कास्की प्रशासनले राेके नेपाल पिछडा बर्ग पर्साका अध्यक्ष अकलेश शाहले जानकारी दिए ।...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ६६३ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ८८ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले विवादस्पद दुई अध्यादेश खारेज गरेकी छिन ।
चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो
Flash News
अध्यादेश फिर्ता हुंदैमा सांसद अपहरण शैलीलाई कानुनी उन्मुक्ति हुन्न :काङ्ग्रेस
BIPEN Ulange -
काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग गरेकाे छ ।
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा द्धारा जारी विज्ञप्तिमा भनिएकाे छ :"चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले...
काठमाडौ । लियो क्लव अफ काठमाडौं बागमती टाउनले काठमाडौंमा अति जरुरी परेकालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ ।
काठमाडौं उपत्यका भित्र अति जरुरी परेकालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भन्दै क्लबले एक सुचना जारि गरि जानकारी दिएकाे हाे ।
क्लबकाे सम्पर्क सुचना