Home Blog Page 16
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल देशभर मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ...
काठमाडौं । गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् । संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो । हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् । संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय...
क्रिसमस नजिकिँदै गर्दा त्यसको तयारी पनि सुरु भएको छ । पछिल्लो समय नेपालमा पनि क्रिसमस तामझामका साथ मनाउन थालिएको छ । क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भएता पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ । हरेक वर्ष डिसेम्बर २५ मा संसारभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँछन् । काठमाडौँ उपत्यकामा पनि क्रिसमस नजिकिएसँगै त्यसको रौनक सुरु भएको छ...
काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने...
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन् । बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको डिभजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले...
जापान । गल्कोट समाज जापानले सांगीतिक श्रृङखला २०२६ गर्ने भएको छ । समाजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जापानका ३ शहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो । शिक्षामा लगानी गर्ने उद्देश्य सहित गल्कोट समाज जापानले सांगीतिक श्रृङ्खला २०२६ आयोजना गर्न लागेको समाजका महासचिव दिलिप कंडेल जानकारी दिएका छन् । महासचिव कंडेलका अनुसार उक्त कार्यक्रमलाई भव्य, मर्यादित तथा सफल रूपमा सम्पन्न...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे । देशमा राजनीतिक अस्थिरताको कारण श्रम क्षेत्र सबल हुननसकेको...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको भन्दै पुषको १०, १२ गते...
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा.सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज...
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् । ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै...
- Advertisement -

POPULAR POSTS