Home Blog Page 169
इन्दीप कोइराला काठमाडौं, १० असार । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख अनिता लामाले नगरसभाको १६औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै “स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर बुढानीलकण्ठ” निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। बजेटमा सामाजिक विकास, पूर्वाधार निर्माण, आर्थिक समृद्धि, सुशासन, सूचना प्रविधि, विपद् व्यवस्थापन र...
क्वालालम्पुर, मलेसिया |  लामो समयदेखि मलेसियामा जेल जीवन बिताइरहेका पर्सा जिल्ला, भौरातार–७ निवासी सोनालाल सहनीलाई स्वदेश फर्काउनका लागि पहल गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास सम्पर्क विभाग मलेसियाले नेपाल राजदूतावास मलेसियासँग समन्वय गरी सहनीको उद्धार प्रक्रिया सफल बनाएको हो। विभागको सक्रिय पहलमा सहनीको सबै कानुनी र प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ। अब उहाँ जुलाई ३ मा नेपाल फर्किने निश्चित भएको छ। उद्धार...
काठमाडौं, १० असार । नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो । जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाएका थिए...
काठमाडौं, १० असार । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशाेक राइ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् । बिनियोजन बिधेयक पारित गर्नु...
सञ्जय मिश्रा रौतहट १० असार। रौतहट स्थित वृन्दावन नगरपालिकाको ९ औं नगर अधिवेशन अन्यौलमा परेको छ। उच्च अदालत जनकपुर हाल वीरगंज ईजलासले  वृन्दावन नगरपालिकाको अधिवेशन यथास्थितिमा राख्न आदेश दिएसंगै अन्यौलको अवस्था श्रृजना भएको हो । नगरप्रमुख मेयर बिनोद कुर्मीले हिजो १० गते नवौं नगरसभा आव्हान गरे पछि उपमेयर संगिता कुमारी रामले एकलौटी गर्न लागेको भनी उच्च अदालतमा दिएको लिखित उजुरीको आधारमा अदालतले अधिवेशन...
मुकेश कुमार यादव/ सिरहा १० असार । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् । गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि...
काठमाडौं -  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् प्रहरी नायब निरीक्षक विश्वनाथ त्रिपाठीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही...
पर्सा - आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्। २१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक...
काठमाडौं - वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए। चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम...
काठमाडौं, १० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जा मन्त्री स्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। सो बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्...
- Advertisement -

POPULAR POSTS