Home Blog Page 174
ग्लासगो, स्कटल्याण्ड — टी२० श्रृंखला अन्तर्गत नेदरल्यान्ड र नेपालबीच भएको पाँचौं खेलमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ। नेपालले निर्धारित २० ओभरको लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेविटले उत्कृष्ट ८६ रन बनाए भने रोएलोफ भ्यान डेर मर्वेले ३६ रन जोडे। नेपालका...
विदेशी भूमिमा पसिना बगाउने नेपालीहरू राष्ट्रको मेरुदण्ड हुन्। उनीहरूको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई जोगाइरहेको छ, तर दुर्भाग्य – जब उनीहरूको मृत्यु विदेशमै हुन्छ, उनीहरू बाकसमा फर्किन बाध्य छन्। मलेसियाबाट बाकसमा फर्किएका नवलपरासीका रोहित कुमार मुखिया त्यसको अर्को पीडादायी उदाहरण हुन्। रोजगारीको सपनामा मलेसिया गएका रोहित न त आफ्नो सपना पुरा गर्न सके, न त परिवारका अपेक्षाहरू। उनलाई बाकसमा फर्काउनु पर्ने अवस्था...
बेल्जियम, जुन १९, २०२५ —आजभन्दा ठिक २० वर्षअघि, १९ जुन २००५ का दिन, एक पवित्र सामाजिक भावना बोकी स्थापना गरिएको चितवन सहायता कोष (CAT) बेल्जियमले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। दुई दशकको सफल यात्रापछि संस्था २१ औं वसन्तमा प्रवेश गरेको छ। स्थापनाकालदेखि नै परोपकारी सेवामा अग्रसर रहँदै आएको यस संस्थाले सामाजिक, शैक्षिक, स्वास्थ्य र आपतकालीन सहयोगजस्ता क्षेत्रमा...
मोरङ, ५ असार । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जातो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जातो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। उक्त जातो कोशी...
काठमाडौं, ५ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् । पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु...
सर्लाही, ५ असार । गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसले मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेस शिक्षा विभागले आज काठमाडौंमा आयोजना गरेको शिक्षा नीति वहसअन्तर्गत 'उच्च शिक्षा विमर्श' कार्यक्रममा बोल्दै महरले भने, 'हामीले दशकौंदेखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनु पर्ने माग...
काठमाडौं । नेपाल सरकारले अमेरिकाको टेक्सास र क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। यसले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै जनसम्पर्क समिति सभापति आनन्द विष्टले सरकारी निर्णयको स्वागत गरेका हुन्। 'यो निर्णयले दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरेका छौं। यसका लागि तदारुकताका...
काठमाडौं, ५ मंसीर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीवार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले गोष्ठीमा प्रस्तुत भएको प्राविधिक कार्यपत्रलाई थप परिष्कृत गरी नेपालको आफ्नै तथा विश्व श्रम...
सञ्जय मिश्रा बिरगंज ५ असार। हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा  रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। शेख आलम हिन्दू बनेर स्टार मेकर एपमा साथी बनाएर...
- Advertisement -

POPULAR POSTS