काठमाडाैं, ४ असार । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
साेमवार बसेकाे मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन ।
मन्त्री गुरुङका अनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका...
काठमाडाैं, ४ असार । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले बुधवार साे बिधेयक प्रमाणीकरण गरेका हुन् ।
'सुदुरपश्चिमका लागि यो ठूलो ऊपलब्धीको बिषय हो। अब सुदुरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्वविधालय स्थापना हुने भयो,' गृहमन्त्री रमेश लेखकले भने, 'यो विश्व विद्यालय स्थापनाकालागि बिभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकरण गर्ने...
कान्साई, जापान — असार ३, २०८२
बागलुङ समाज जापान, क्षेत्रीय समिति कान्साईको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट बेद प्रसाद कंडेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
समुदायमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई सशक्त रूपमा अघि बढाउने उद्देश्यका साथ गठन गरिएको यस कार्यसमितिलाई विभिन्न संघसंस्थाहरू, बागलुङवासीहरू र प्रवासी नेपालीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
निर्वाचित कार्यसमिति यसप्रकार छ:
संयोजक...
ग्लास्गो — असार ३, २०८२
नेपालले स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको एक रोमाञ्चक खेलमा २ विकेटले जित हात पारेको छ। ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले अन्तिम बलमा जित हासिल गर्यो।
नेपालका कुशल भुर्तेल र किरण थगुन्ना काे संघर्षपूर्ण पारीपछि नेपाललाई विजय प्राप्त गर्न मद्दत पुर्याए।
नेपालले खेलको क्रममा कुशल भुर्तेलको ३० रनको योगदानबाट राम्रो शुरुवात पाएको थियो। उनले ३५ बलमा ४ चौका प्रहार...
प्रवास
एनआरएनए हङकङद्वारा नयाँ तथा अध्यावधिक सदस्यता अवधि थप, सबैलाई सदस्य बन्न अनुरोध
Himal Times -
हङकङ — असार ३, २०८२
गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषद्ले आफ्नो नयाँ तथा अध्यावधिक सदस्यता अवधि थप गरिएको जानकारी गराउँदै सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सदस्यता लिन हार्दिक अनुरोध गरेको छ।
संघका अनुसार, संस्थालाई अझ बैधानिक, सशक्त र समावेशी बनाउने उद्देश्यले सदस्यता अभियान पुनः खोलिएको हो। जसअनुसार १ मार्च २०२५ देखि १३ जुलाई २०२५ सम्म सदस्य बन्न...
ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलामा ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई चौथो विकेटको ठूलो झट्का लागेको छ। १२.१ ओभरमा कुशल भुर्तेल ३० रनमा आउट भएका छन्।
स्कटल्याण्डका बलर मार्क वाटको सटीक बलमा भुर्तेल एल्बीडब्ल्यू भए। भुर्तेलले ३५ बलमा ४ चौका प्रहार गर्दै ८५.७१ को स्ट्राइक रेटमा ३० रन बनाएका थिए।
नेपालको स्कोर अहिले १२.१ ओभरमा ६०/४ पुगेको छ।
प्रवास
स्मार्ट एनआरएनए एप मार्फत चेक गणतन्त्रका नेपाली दाजुभाइ र दिदीबहिनीलाई सदस्यता नवीकरणको अनुरोध
Himal Times -
प्राग, चेक गणतन्त्र — असार ३, २०८२
गैर-आवासीय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको राष्ट्रिय समन्वय समितिले सम्पूर्ण चेक गणतन्त्र निवासी नेपाली दाजुभाइ र दिदीबहिनीलाई Smart NRNA App डाउनलोड गरी सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता आवेदन दिने अपील गरेको छ।
समितिले स्पष्ट पारेको छ कि यस एप्लिकेशनमार्फत एनआरएनएको उद्देश्य, गतिविधि र योजनाहरूमा पारदर्शिता र गतिशीलता ल्याउन सहयोग हुनेछ।
समितिका अनुसार Smart NRNA...
ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको तेस्रो खेलमा ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा परेको छ। ७.२ ओभरमा कप्तान रोहित पौडेल ७ रनमा आउट भएपछि नेपाल ३८/३ को अवस्थामा पुगेको छ।
सफयान शरिफको सटीक बलिङमा रोहित क्लिन बोल्ड भएका हुन्। उनले १४ बल खेले पनि कुनै चौका वा छक्का प्रहार गर्न सकेनन्। स्ट्राइक रेट मात्र ५० रहेको थियो।
नेपालले यसअघि लोकेश...
ग्लास्गो — स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल ९८ रनको लक्ष्य पछ्याइरहेको छ। तर सुरुवातमै लगातार विकेट गुमाउँदा दबाबमा परेको छ।
३.१ ओभरमा नेपालले दोस्रो विकेट गुमाएको छ। ब्याट्सम्यान अनिल साहलाई ज्यार्भिसले बोल्ड गरेका छन्। साहले ३ बलमा ३ रन बनाएका थिए, कुनै चौका वा छक्का प्रहार गर्न नसकी उनी पभेलियन फर्किए।
नेपालको स्कोर अहिले २४/२ छ। अब क्रिजमा कुशल...
ग्लास्गो — स्कटल्याण्डविरुद्धको तेस्रो खेलमा ९८ रनको लक्ष्य पछ्याउँदै गरेको नेपाललाई सुरुवातमै पहिलो झट्का लागेको छ। आक्रामक सुरुवात गरेका ओपनर लोकेश बम ९ रनमा आउट भएका छन्।
ब्रान्डन म्याकमुलनको बलमा लोकेश बमलाई जर्ज मन्सीले क्याच गरे। उनले ५ बलमा २ चौका प्रहार गर्दै १८० को स्ट्राइक रेटमा रन जोडेका थिए।
खेलको तेस्रो ओभरमा विकेट गुमाउँदा नेपालको स्कोर २४ रन पुगेको थियो।...

















