क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) द्वारा मलेसियामा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा आयोजित गरिएको थियो।
कार्यक्रममा ३० वटा भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो, जसले मलेसियामा रहेका नेपाली समुदायको विविधता र एकताको प्रतीक बने। कार्यक्रममा गैर आवसीय नेपाली संघ मलेसिया (एनआरएन) का...
काठमाडौं, १ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन ।
उर्जा तथा सिंचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन...
मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्।
सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्।
संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय...
कुआलालम्पुर, मलेसिया – पी एन सिसि मलेसिया र एन एस आई मलेसियाको सहकार्यमा आयोजित गोष्ठीमा मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई PERKESO (Pertubuhan Keselamatan Sosial) र बैदेशिक रोजगारमा कार्यरत श्रमिकलाई उपलब्ध सेवा सुविधा र सहयोगका बारेमा प्रशिक्षण प्रदान गरियो।
गोष्ठीको प्रमुख उद्देश्य मलेसियामा काम गरिरहेका नेपाली श्रमिकहरूलाई बैदेशिक रोजगारसँग सम्बन्धित सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र अन्य सर्तहरूको बारेमा जानकारी दिनु...
काठमाडौं, १ असार । सभामुख देवराज घिमिरे संसदमा जारी अवरोध खुलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग अलग बार्ता गरेका छन् ।
आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका हुन ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नै पर्ने बाध्यता...
दोहा, कतार — २०२५ जुन १३, शुक्रबार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा तथा कतार सरकारको गृह मन्त्रालय अन्तर्गत सामुदायिक प्रहरी विभाग र ट्राफिक महनिर्देशनालयको सहकार्यमा आयोजित “ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम – २०२५” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पर्लिङ इन्टरनेसनल स्कुलको सभाहलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कतारका लागि...
बहराइन, जुन १३ – नेपाल मगर संघ बहराइनको १७औं नियमित मासिक बैठक संघका अध्यक्ष श्री कृष्ण खाम्चा मगरको अध्यक्षतामा अद्लिया स्थित नेपाली क्लब रेस्टुरेन्टको सभाहलमा सफलता पूर्वक सम्पन्न भएको छ।
बैठकमा संघका महासचिव श्री बिकाश थापा मगरले बैठकको औपचारिक सञ्चालन गर्नुभएको थियो भने संघका कोषाध्यक्ष श्री प्रेम बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बैठकमा संघका विभागीय प्रमुख, कार्यसमिति...
सञ्जय मिश्रा
रौतहट ३१ जेठ।
नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएको छ।
नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शुन्य सहनशीलताको सहमती भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप ,
लागुऔषध, अबैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण...
धनकुटा, ३१ जेठ । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् ।
गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
मुकेश कुमार यादव
सिरहा, ३१ जेठ। सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ।
ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा प्रहरी प्रशासनसँगको मिलेमतोमा ग्राभेल उत्खनन गरीरहेको पाइएको हो।
गए राति गोलवजार नगरपालिका २ मुक्सारबाट सामुदायीक वन तथा ऐलानी जग्गाहरुबाट अवैध रुपमा उत्खनन गर्ने जेसिभि एकथान र...
















