काठमाडौं, २३ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका–४ घर भएका ३४ वर्षीय मोहन पोखरेल रहेका छन् ।
पक्राउ मध्ये प्रमिलाले...
राजनीति
‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर
Himal Times -
सुनसरी, २३ जेठ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा दखि नै समावेशी विधान निर्माणको चुनौतीपूर्ण यात्रा प्रारम्भ गरेको र तत्कालीन प्रतिकूलताका बावजुद संविधानको मर्म र युगको आवाजलाई आत्मसात् गर्दै आफू यसमा अडिग रहेको बताएका छन् ।
उनले उक्त वैचारिक निष्ठा र प्रतिबद्धताका लागि भविष्यमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दृढतासमेत व्यक्त गरेका छन् ।
सुनसरीमा शुक्रबार...
काठमाडौं, २३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् ।
काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयबासीको प्रमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा...
जनकपुरधाम, २३ जेठ। धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छली ल्याउँदै गरेको १५ लाख बराबरको कपडा संयुक टोलीले बरामद गरेको हो। बरामद कपडा आवशयक कारवाहीको...
बारा, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका– ६ हनुमान चोकबाट लागुऔषध सहित ४ जना युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहिवार साँझ एकआपसमा लेनदेन गर्दै गरेको अवस्थामा प्रतिबन्धित लागू औषध नाईट्रोभेट ट्याब्लेटसहित ४ जना युवकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको हो।
पक्राउ...
काठमाडौं, २३ जेठ । प्रतिनिधिसभा बैठक आइतवारका लागि सरेको छ ।
शुक्रबार दिउँसो १ः०० बजे बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार १ः०० बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२...
सञ्जय मिश्रा
रौतहट २३ जेठ। रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उदेश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ।
जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा गौर–४ बरहवा तालमा सम्पन्न ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनमा सशस्त्र प्रहरीका साथै श्री नारायण दल गणका नेपाली सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरीको सहभागिता रहेको थियो।अगामी मनसुनमा औसत भन्दा धेरै पानी पर्ने पुर्वानुमानका...
जनकपुरधाम, २३ चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ।
बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको हो ।
अध्यक्ष ठाकुरले बैठकलाई सम्बोधन गर्दै मधेसका जनताको अधिकार र समृद्धिका लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको स्पष्ट...
काठमाडौं, २३ जेठ । कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ।
गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो ।
कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको हो।
बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा...
काठमाडौं, २३ जेठ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए ।
अहिले यस विषयमा संघीय न्यायाधीशले आफ्नो फैसला सुनाएका छन् । न्यायाधीशले ट्रम्पको घोषणालाई अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्।
हालै जारी गरिएको घोषणाले अमेरिकाको सबैभन्दा पुरानो र धनी कलेजलाई यसको विद्यार्थी संगठनको एक चौथाईबाट वञ्चित गर्ने ट्रम्प...

















