Home Blog Page 198
काठमाडौं, २१ जेठ । नेपाली सेनाको प्रवक्तामा सहायकरथी राजाराम बस्नेत नियुक्त भएका छन । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन्। उन नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।  
काठमाडौं, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन । बजेट स्वीकृत भएलगत्तै सम्झौता...
काठमाडौं, २२ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खान पक्राउ परेका छन । चिरागले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । उता, रसुवामा  १७ वर्षीया बालिकालाई जबरजस्ती करणी...
दाङ, २२ जेठ । दाङमा तीन जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा तीन जुवाडे पक्राउ परेका हुन् । सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका–१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई...
काठमाडौं, २२ जेठ । ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी ब्यक्त गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना बिरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टचार सबन्धी मुद्दा दर्ता भए पछि उनले खुसी ब्यक्त गरेका हुन् । ‘ललिता निवास जग्गा प्रकरणमा यस अघिका अख्तियारका पदाधिकारीहरुले स्थापित गरेको गलत नजिर अहिलेका...
काठमाडौं, २२ जेठ । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन । नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।  
काठमाडाैं, २२ जेठ । पूर्व प्रतिनिधिसभा सदस्य तथा ठेकेदार हरि रौनियारका बुहारी श्रुति रौनियार ठगीको आरोपमा पक्राउ परेकी छन्। पिसी इन्फोटेक प्रालिकी सञ्चालक समेत रहेकी रौनियारलाई बिहीबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी पर्सा पठाएको प्रहरी स्रोतको दाबीले गरेका हुन् । उनविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  एसपी काजीकुमार श्रेष्ठले जानकारी दिए ।  रौनियारमाथि ४...
काठमाडौं, २२ जेठ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो । ५७...
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको आजको  बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन् । पटक पटक स्थगित हुदैँ आएको आज बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा...
काठमाडौं, २२ जेठ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ। सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् । आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको...
- Advertisement -

POPULAR POSTS