काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु–कुहिरो रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक...
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ ।...
क्वालालम्पुर , दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं सफल व्यवसायी बालध्वज योङहाङ लिम्बूको सहयोगमा पर्सा जिल्लाका नासिर मियाको उद्धार भई उनी स्वदेश फर्किन सफल भएका छन्। नासिर मिया ८ जनवरीका दिन बाटिक हिमालयन एयरलाइन्सको उडानमार्फत नेपाल प्रस्थान गरेका हुन्।
मानसिक सन्तुलन असामान्य अवस्थामा रहेका नासिर मिया १९ डिसेम्बरका दिन नेपाली दूतावास, मलेसिया पुगेका थिए। सो अवसरमा...
अन्तराष्ट्रिय
राजु तामाङको टिकट सहयोगमा जेल जीवन बिताइरहेका दिपक मर्दि स्वदेश फर्किँदै
Himal Times -
क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका बरिष्ठ उपाध्यक्ष तथा आर टि एफ सी का अध्यक्ष राजु तामाङको टिकट सहयोगमा विगत लामो समयदेखि मलेसियाको जेल जीवन भोगिरहेका दिपक मर्दि स्वदेश फर्किने भएका छन्।
झापा जिल्ला स्थायी घर भएका मर्दि करिब दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा काम गर्न आएका थिए। रोजगारीका क्रममा कागजात समस्या उत्पन्न भई विगत...
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा...
काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।
आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि...
जनकपुर । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।
उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट...
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यको पद पूर्ति गरिनेछ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिनेछ।
आयोगले यसअघि पुस १९ गते मतदाता...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली...

















