Home Blog Page 208
काठमाडौं, १८ जेठ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुर्खेतवाट १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् भने बाँकी ५ जना सुर्खेतवाट पक्राउ परेका हुन् । काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...
शाह आलम (मलेसिया), नेपाली खेलप्रेमीका लागि उत्साहजनक खबर! प्रथम आर टी एफ सी गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी जुन ७ र ८ तारिखमा Panasonic Stadium, Shah Alam मा सम्पन्न हुने तय भएको छ। प्रतियोगितामा विभिन्न नेपाली टिमबीच प्रतिस्पर्धा गराइने छ भने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ। यो प्रतियोगिता प्रवासमा रहेका नेपालीबीचको...
कुवेत सिटी, जुन १ — कुवेतको अल-रेगाई क्षेत्रमा आइतबार बिहान भएको एक भीषण आगलागीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। १५ जनाभन्दा बढीले मध्यमदेखि गम्भीर स्तरको जलनको चोट बेहोरेका छन्। आगलागी भएको भवनको दुई अपार्टमेन्ट पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ। घटनास्थलमा पुगेका उद्धार टोलीहरूमा शुवैक इन्डस्ट्रियल र अर्डिया केन्द्रका दमकलकर्मीहरू तथा खोज तथा...
जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्रः एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन । धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।
काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन्। कांग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्। दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको...
काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनवाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परे पछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित भएका छन् । अध्यक्ष थापालाइ प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगे पछि लिङदेन आक्रोशित भएका हुन । ‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सहय छैन्,’ थापा पक्राउ परे पछि लिङदेनले भने, ‘खास लडाइ...
काठमाडौं, १८ जेठ । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनवाट कमल थापा पक्राउ परेका छन् । नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो  ।
काठमाडौं, १८ जेठ । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।  
काठमाडौं, १८ जेठ  ।  नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण  भ्रमणको निमन्त्रणा पठाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणा पत्र रूसको भ्रमणमा रहनु भएका एमाले स्थायी कमिटीका सदस्य राजन भट्टराईले सो भेटका क्रममा महासचिव जुगानोभलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन । जवाफमा महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएका छन् । जुगानोभसँगको...
पेरिस, १८ जेठ । च्याम्पियन्स लिगको फाइनल पछि पेरिसमा दंगा भएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्यानहरूले आफ्नो क्लबको जितको उत्सव मनाए पछि प्रहरीसँगको भएको झडपपछि पेरिसमा सयौं व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५०...
- Advertisement -

POPULAR POSTS