काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।
विभागका अनुसार राति देशभर मौसम मुख्यतया...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३...
रौतहट । पर्सा प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको सडकमा मंगलबार बिहान पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए...
मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।
प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान...
मुगु । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध...
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते भएका छन् ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको बिआर ०७ पिए ७५८४ नम्बरको भारतीय स्कार्पियोलाई ठक्कर दिएको थियो ।
स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५...
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो ।
आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् ।
मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् ।
साविक विजेता जनकपुर यो सिजना खाता...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६...

















