अन्तराष्ट्रिय
दुतवासको समन्वय र प्रवासी नेपाली मञ्चको टिकट सहयोगमा चौधरी स्वदेश फिर्ता।
Himal Times -0
क्वालालम्पुर : नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वय र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको टिकट सहयोगमा अमिर चौधरी नेपाल फर्किएका छन।
चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना अगाडि अध्यागमन विभागको अनुशन्धानको क्रममा पक्राउ परी घर फिर्ति केन्द्रमा रहेको र पारिवारिक स्थिती नाजुक भएको कारण सहयोगको अपिल आए पछि मञ्चले टिकट उपलब्ध गराउदै...
काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो।
पण्डितविरुद्ध काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा सकुशल सप्लायर्स प्रालिका सञ्चालक पण्डितविरूद्ध मुद्दा दर्ता भएको...
काठमाडौं - विभाजनले थलिएको गैरआवासीय नेपाली संघ पोर्चुगल आर्थिक अनियमितताका कारण थप बदनाम बन्दै गएको छ।
एकताको नवौं महाधिवेशन भव्य रुपमा सम्पन्न गरेको संघ दशौं महाधिवेशन सम्पन्न गर्दा तीन चिरामा विभाजन भएको छ।
हाल दीपा काफ्ले, बमबहादुर जिसी र सुजन लामाले अध्यक्षमा निर्वाचित भएको दाबी गरेका छन्।
दशौं राष्ट्रिय महाधिवेन सम्पन्न भए पनि संघभित्रको अनियमितताको विषय भने अझै टुङ्गिएको छैन। दुई वर्षअघि...
काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ।
समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शिर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए। सोमबार शंखमुलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना...
Flash News
ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने
Himal Times -
काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्।
आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने 'एभरेस्ट महिला भलिबल लिग'मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्।
सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन्।...
क्वालालम्पुर – मलेसियामा १०४ जना विदेशी नागरिकलाई प्रवेश अनुमति नदिइएको छ। उनीहरूले भ्रमणको स्पष्ट उद्देश्य, उचित बसोबासको प्रमाण वा फर्कने टिकट प्रस्तुत गर्न नसकेका कारण प्रवेश निषेध गरिएको हो।
मलेसियन बोर्डर कन्ट्रोल एन्ड प्रोटेक्सन एजेन्सी (MCBA) का अनुसार अगस्ट २९ का दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) टर्मिनल १ र २ मा ५४,९४७ अन्तर्राष्ट्रिय आगन्तुकहरूको कागजात जाँच गरिएको थियो। सो क्रममा...
थियानजिन (चीन), १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
थियानजिन , १५ भदौ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।
काठमाडौं, १५ भदौं । नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ ।
आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो।
मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ।
साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता...
अस्ट्रेलिया
सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले गौरा पर्व भव्य रूपमा मनाउने
Himal Times -
पर्थ (अष्ट्रेलिया) – सुदुरपश्चिमेली नेपालीहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्व गौरा यस वर्ष पनि वेस्टर्न अष्ट्रेलियामा उल्लासपूर्वक मनाइने भएको छ। सुदुरपश्चिम नेपाली समाज वेस्टर्न अष्ट्रेलियाले यही सेप्टेम्बर ७, आइतवार का दिन विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।
कार्यक्रम Karrinyup Community Center, Davenport St, Karrinyup WA 6018 मा आयोजना हुने छ। प्रवेश सबैका लागि निशुल्क राखिएको छ। नेपाली कला–संस्कृति...