राजनीति
जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला :ओली
Himal Times -0
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् ।
मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ ।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो । पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको हो ।
विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका...
Flash News
मलेसियाबाट उद्धार भएका नेपाली तेजबहादुर माझकोटी १६ वर्षपछि स्वदेश फर्किए, परिवारसँग भावुक पुनर्मिलन
Himal Times -
काठमाडौँ, २०२५ नोभेम्बर १६ – मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर माझकोटी आज काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनकी श्रीमतीले भावुक रुपमा स्वागत गरेकी थिइन्। करिब १६ वर्षपछि परिवारसँग भएको पुनर्मिलन अत्यन्त हृदयविदारक र अविस्मरणीय रहेको परिवारले जनाएको छ।
तेजबहादुरलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले वाटिक एयरको टिकट उपलब्ध गराएको थियो। टिकटको व्यवस्था प्रवासी नेपाली समन्वय...
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले देशको हरेक चरणमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको जनताले स्मरण गर्न थालेको दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्टिूय युवा संघ नेपालको बागमती प्रदेशस्तरिय युवा जागरण भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले बनाइदिएको क्रिकेट रंगशाला, सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो उद्घाटन गरेकोमा क्रिकेट संघका...
बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ। गत भाद्र १५ गते हाजिरी भएका पौडेलको तिन महिना नपुग्दै सरुवा भएको हो।
जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भाद्रमा बाजुरा पठाएको थियो ।त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो।
गृह मन्त्रालयले बाजुराका...
काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं गोर्खाजल १२ ओभरको खेलमा दुई विकेट गुमाएर ८७ रन बनाएको हो ।
जनकपुर बोल्ट्सले १३१ रनको सामान्य लक्ष्य दिएको छ । अब जनकपुरविरुद्ध जित निकाल्न काठमाडौं गोर्खाजले ४७ बलमा ४३ रन बनाउनुपर्ने छ ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।
एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम...
काठमाडौं । ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ ।
रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने उक्त प्रतियोगिता हुन लागेको हो भने प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन् ।
रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा...
काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ ।
मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ सय विद्युतीय शिफारिस जारी गरेको छ ।
आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क दिएका हुन् ।
महानगरपालिकाले यो...

















