काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिन नहुने बताए ।
उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी...
काठमाडौं । ब्रिटिश प्रसारक बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी ६, २०२१ को भाषणका केही अंशहरू सम्पादन गरेर भ्रामक रूपमा प्रस्तुत गरिएकोमा माफी मागेको छ । तर, ट्रम्पले मागेको क्षतिपूर्ति दिन भने बीबीसीले अस्वीकार गरेको छ ।
बीबीसीका अनुसार उक्त सम्पादनले यस्तो गलत धारणा दिएको थियो कि ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि गर्न आह्वान गरेको जस्तो देखिएको थियो । बीबीसीले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन् ।
उनले भने, ‘धेरै साथीहरुको चिन्ता पार्टीबाट हिजो को जानु भयो, अस्ति को...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सोविता गौतमले व्यक्तिवादी चरित्रले पार्टीलाई हानी गर्ने बताएकी छिन् ।
शनिबार काठमाडौमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशन कार्यक्रम स्थल परिसरमा संचारकर्मीहरुसँग बोल्दै उनले पार्टी भित्र को आयो को व्यक्ति गयो भनेर व्यक्तिवादी टिप्पणी गर्नु भन्दापनि वैचारिक हिसाबले लाग्नुपर्ने धारणा राखिन् ।
उनले देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै...
राजनीति
जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
Himal Times -
काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होइन् पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन् ।
शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुस्तानतरणका बीचमा संवाद गर्नुपर्छ भन्ने एउटा नयाँ दृष्टिकोण बनाएको बताएका हुन् ।
उनले भने,‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम...
राजनीति
जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल
Himal Times -
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् ।
नेपाल विद्युत व्यवसायी महासंघको १३ औँ बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी...
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चिनियाँ चार जना पक्राउ परेका छन् ।
व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । तिवारीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिए ।
उनीहरूले गरिब तथा विपन्न...
जनकपुर । धनुषामा गोली हानी एक जना वडाध्यक्षको हत्या गरिएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानी हत्या भएको छ ।
गाउँमै एकजनाको श्राद्धको भोजमा दुई पक्षबीच विवाद उत्पन्न भएपछि वडाध्यक्ष यादवले विवाद सामाधान गर्ने प्रयास गरिरहेको बेला स्थानीय शम्भु यादवले गोली हानी उनको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीयवासीका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
यस्तै, राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ...
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता सम्बन्धी विवादमा उद्योगीहरूले विद्युत् प्राधिकरणले पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको गुनासो गरेका छन् ।
अहिले सबै उद्योगीहरुले बक्यौता बापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जा मन्त्री...

















