Home Blog Page 39
काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए । उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् ।...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात...
काठमाडौं । संघीयता सवलीकरण तथा राष्टिूय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावको मुद्दालाई समितिको मुद्दाको रुपमा मात्र नभई सिंगो देशको मुद्दाको रुपमा हेर्न आग्रह गरेका छन् । राष्टिूय सभाबाट पारित ‘मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्ताव’ को कार्यान्वयन अवस्थाबारे विशेष छलफल कार्यक्रममा बोल्दै उनले समितिले मात्र उठाउने भन्दापनि जनतावाद्को रुपमा नै सो मुद्दा उठाउनसके मात्र सफल...
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५...
कुवेत, कात्तिक २७ गते। साविक हेलौँछा गाबिस वडा नं ४, सोलाखाम (हाल भोजपुर नगरपालिका–२ सोलाखाम) का निवासी लालबहादुर तामाङ गत ८ नोभेम्बरमा टिफ्फर दुर्घटनामा परेका छन्। उक्त दिन उनले आफैले चलाइरहेको टिफ्फरको ब्रेक फेल भएपछि अनियन्त्रित भएर टिफ्फर पल्टिएको थियो। दुर्घटनापछि उनी हाल कुवेतको सेख जावेर अल अहमद हस्पिटलमा उपचाररत छन्। डाक्टरहरुले जानकारी दिएका छन् कि उनको स्वास्थ्य अवस्था गम्भीर छ। ...
जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । सभामुख मण्डलले सभा कार्य सञ्चालन...
काठमाडौँ । मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर मजाकोटीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले हवाई टिकट प्रदान गरेको छ। पिएनसिसि (प्रवासी नेपाली समन्वय समिति) को आग्रहमा एनआरएनए मलेसियाले मजाकोटीका लागि नोभेम्बर १६ तारिखको उडानका लागि वाटिक एयरको टिकट उपलब्ध गराएको हो। एनआरएन मलेसियाका अध्यक्ष ईन्द्र लिम्बुको पहलमा गरिएको यो सहयोगले उद्धार कार्यमा राहत पुर्‍याएको बताइएको छ। परिवारका अनुसार, १६ वर्षअघि रोजगारीका...
हेटौंडा । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूपदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका-५ सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ टूामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा उक्त स्थानमा बसिरहेका पाँच जनालाई फेला पारिएको र...
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम...
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको...
- Advertisement -

POPULAR POSTS