काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।
मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।
नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर...
वीरगन्ज । डिजल, पेट्रोलबाट सञ्चालन हुने परम्परागत सवारी साधनलाई विद्युतबाट चल्ने इलेक्ट्रोनिक्स भेइकल (इभी) ले विस्थापित गर्दै गएको छ । डिजल–पेट्रोलको दिनानुदिन बढ्दै गएको मूल्य र परम्परागत सवारीको मर्मत–सम्भारमा लाग्ने खर्चले गर्दा नेपाली उपभोक्ता इभीतर्फ आकर्षित हुँदै गएका छन् ।
नेपाली उपभोक्ता परम्परागत वाहनबाट इभीतर्फ सर्दै गएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले समेत पुष्टि गरेको छ । देशको मुख्य व्यापारिक नाका...
रौतहट । लोक आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन ।
छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ । छठ पर्वको विधी सुरु भइसकेकाले यहाका लालबकैया, बागमति, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने काम अन्तिम चरणमा...
बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पालिकालाई खेल क्षेत्रको विकासमा नयाँ ईतिहास रच्ने गरि स्थानीय सरकार कटिबद्ध भएर लागेको बताएका छन्।
शनिबार प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले खेल क्षेत्रको विकासमा लागेको बताएका हुन्।
खेल र खेलाडीको सर्वाङगिण विकासका लागि पालिका पहिलो कार्यकाल देखि नै कटिबद्ध भएर लागेको अध्यक्ष रोकायाले बताए ।
खेल स्वास्थ्य र राष्ट्रका...
राजनीति
सिन्धुलीगढी युद्धका जनसेनानी रामचन्द्र प्रसाईँको सालिक अनावरण, रामेछापलाई इतिहास लेख्नेले अन्याय गरेको गुनासो
Himal Times -
रामेछाप । वि.सं १८२४को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबीच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ ।
कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए । उनले अङ्ग्रेजहरूसँग सहयोगको सम्झौता गर्दै काठमाडौं
उपत्यकामा कम्पनीका व्यापारीहरूलाई सहज व्यापारिक पहुँच दिन्छौँ भन्ने बाचा...
जनकपुर । आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ ।
चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
त्यस्तै भोली दोस्रो दिन खरना गरिनेछ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट...
३५ रुपैयाँ, आलु रातो प्रतिकिलो ६५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो, प्याज...
सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । दुर्घटनामा पाँचको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिकाको झारमारे लेकमा दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा...
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बाजुरामा समस्यासँगै अथाह सम्भावना पनि रहेको बताएका छन् ।
शुक्रबार प्रथम छेडेदह क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बाजुरा हरेक समस्या संगै गुर्जिरहेको छ । ति समस्या साथ अनेकौं सम्भावनाहरु पनि छन् । अब हरेक सम्भावनाहरुको उजागर गर्न जरुरी छ ।’ मेयर बोहराले भने, ‘विभिन्न प्रतियोगिताका माध्यमद्वारा...
रौतहट । छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न रौतहट प्रहरीले विशेष कार्य योजना बनाएको छ ।
छठ पर्व मनाईने जलाशय क्षेत्रमा प्रहरी परिचालन गरिने र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिने भएको छ । यहाँका महत्त्वपूर्ण र बढी भिड हुने तथा भक्तजनहरूको बढी चाप हुने छठ घाटको पहिचान गरी प्रहरीले निगरानीमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार...
















