Home Blog Page 53
मुगु । मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ । ए–वान फुटबल क्लबले कच्चे फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजेताको उपाधि जितेको हो । शुभ दीपावलिको अवसरमा जे.पी. स्मृतिको आयोजना र छायाँनाथ रारा नगरपालिकाको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
हेटौडा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ । एनपिएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो । हेटौडामा ट्रफी...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्  । बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू...
रामेछाप । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ...
बाजुरा । घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ । दसैं पछिको दोस्रो ठुलो चाड तिहारमा सम्पुर्ण स्थानीय तथा व्यापारी घर गए संगै मार्तडी बजार सुनसान बनेको हो । दसैंमा सुनसान बनेको मार्तडी फेरि तिहारमा पनि सुनसान बनेको हो । दसैं पछि केही चहलपहल बढेको मार्तडीमा अहिले तिहारमा फेरि चहलपहल घटेको छ । यहाँ बसोबास गर्ने व्यापारी...
रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे । टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक...
बाजुरा । बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो बर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो । खेल उत्सवको रुपमा आयोजना हुदैं आएको सुन्दर नगरी आटीचौरमा स्पोट्र्स क्लवको आयोजनामा यहि कार्तिक ६ देखि ८ गतेसम्म प्रथम छेडेदह कप...
बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालनमा आएको छ । असारको पहिलो सातादेखि सडकखण्ड अबरुद्ध हुँदा ठप्प रहेको बस सेवा आजबाट सूचारू भएको हो । निरन्तरको प्रयास पछि बर्षातको सिजनमा अबरुद्ध भएको उक्त सडकखण्ड करिब दुई हप्ता अगाडी सञ्चालन आएको थियो तर बस चल्न सकेका थिएनन् । सडकलाई पुनः मर्मत कार्य गरि बस सञ्चालन गरिएको...
रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमलसिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२...
- Advertisement -

POPULAR POSTS