Home Blog Page 57
काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल‘कागे’ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भब्य रुपमा सम्पन्न गरेका छन । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं  कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ  हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए। दुलालले...
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र...
सर्लाही । पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार धनतेरसको दिन करिब साँझ ६ बजे पीयूष आफ्नै घरमा दीपावलीको झिलिमिलीका लागि झालर बत्ती जडान गरिरहेका थिए। सोही क्रममा उनलाई विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनी अचेत अवस्थामा भुईँमा लडेका थिए। स्थानीयवासीले तत्काल उनलाई उद्धार...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले शान्ति सुरक्षा कायम गर्न र...
काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए । शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन् । ‘देशमा नयाँ एउटा...
एजेन्सी । चीनमा पुष्प व्यवसायले अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रभाव जमाउँदै गएको छ । दक्षिणपश्चिम चीनको युनान प्रान्तबाट आएका ताजा फूलहरूले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रभाव जमाएको हो । नवीन कृषि प्रविधि र कुशल व्यवस्थापनका कारण पुष्प व्यवसायले राम्रो बजार विस्तार गरेको हो । लिजियाङ शहरको एउटा फूल औद्योगिक पार्क फूल उत्पादनको आकर्षणको केन्द्र बनिरहेको छ । जहाँ गुलाब, लिली र कार्नेशन...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् । शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए । उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी । अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको...
रौतहट । रौतहटको झाँझ नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगर स्थित झाझ नदीमा नुहाउन गएका दुई बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार  देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो ।...
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ । गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए । भवनमा आगजनी छि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो । उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ...
- Advertisement -

POPULAR POSTS