Home Blog Page 63
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । शुक्रवार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ ।  बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।
रामेछाप । असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग पुनः सञ्चालनका लागि अस्थायी डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार डाइभर्सन निर्माण र सडक मर्मतको काम तीव्र गतिमा भइरहेका छन् । ‘डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आज साँझसम्म यातायातका साधन...
सर्लाही । सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । गएराति जिल्लाको भागवनपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद...
काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटिय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् । भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी...
बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिताको नेकपा एमाले सचिव एवं मालिका माविका विद्यालय व्यवस्थापक समिति अध्यक्ष काशी विकले औपचारीक रुपमा सुरु गरेका हुन् । नेपालीहरुको महान चाड बडा दशैँ तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको संयोजक हिमाल बडुवालले बताए । उनका अनुसार प्रतियोगितामा २०...
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ । छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव,...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९०...
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया...
रामेछाप । असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत...
- Advertisement -

POPULAR POSTS