Home Blog Page 65
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले हालै नेपालमा भएको भिषण बर्षात पश्चात बाढि पहिरोमा परेर जिउधनको क्षति पुगेका पीडितहरुलाई राहत सामाग्री बितरण गर्ने भएको छ । आज आइतबार क्वालालुम्पुर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टको हलमा महासंघको बसेको नियमित बैठकमा दशैंको शूभकामना आदान प्रदान साथै नयाँ सदस्यहरुलाई सदस्यता बितरण लगायतका निर्णयहरु गर्दै महासंघले नेपालमा बाढि पहिरो पीडितहरुलाई राहत सामाग्री पनि बितरण गर्ने निर्णय...
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् । अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै भनेका छन् , ‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध– बागमती नदी छेउछाउमा बसोवास...
वीरगन्ज । बाराको एक हत्या घट्नाका विषयमा प्रहरीले अनुसन्धान फितलो गरेको आरोप लागेको छ । प्रहरीले सही दिशातर्फ अनुसन्धान अगाडि नबढाएको कारण राजन साह कानुले आफ्नो कान्छो छोरा समेत गुमाउनु परेको स्थानीय समेतले बताउने गरेका छन् । परवानीपुर गाउँपालिका वडा नम्बर ८ नेवतन बहुवरी घर भई हाल वीरगन्ज–१० रानीघाटमा डेरागरी बस्दै आएका राजन साह कानुका ठूला छोरा सत्यमको मृत्युका विषयमा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी बतास र डुवानको जोखिम बढेको जनाएको छ । यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता...
बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलतोलाका २० वर्षीय प्रकाश बुढा रहेका छन् । बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याई उपचार भइरहेको छ । जंगली जनावर भालुले आक्रमण गरी बुढालाई घाइते बनाएपछि थप घटना हुन नदिन भालु...
बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् । उनी हराएको महिनौ वितिसक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन् । लामो समयसम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि आग्रह गरेका...
काठमाडौं । निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ । महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचार–प्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन सबैलाई अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा, म आम नेपाली नागरिक, नेपाली...
रामेछाप । दोलखाको सहरे स्थिति खिम्ति खोलाको किनारमा रहेको जालपादेवीको मन्दिर उचित प्रचार नहुँदा ओझेलमा परेको छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला र तामाकोशी नदीको दोभानमा रहेको जालपादेवी मन्दिरलाई निक्कै पुरानो र शक्तिकी देवीको मन्दिर मानिन्छ । जालपादेवी मन्दिरमा विशेष पर्वहरूमा मेला लाग्ने गर्दछ । स्थानीयले मन्दिरमा पाठी र परेवाको बलि पूजा दिने गर्दछन् । मन्दिरमा चढाएको...
हेटौंडा । लगातारको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक ठूलो पहिरो खस्दा कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार रातिबाट परिरहेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक पूर्ण अवरुद्ध भएपछि यातायात सम्पूर्णरूपमा प्रभावित भएको हो । मकवानपुर प्रहरीले अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक तथा मकवानपुर प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार काठमाडौं हिँडेका...
- Advertisement -

POPULAR POSTS