फिदिम । पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ ।
जसमध्ये ५ जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय संचारकर्मी भीम बाँस्कोटाले जानकारी दिए । मृतक र घाइतेहरुको पहिचान खुलिनसकेको उनले बताए । घाईतेहरुको उपचारको लागि धरान र फिदिमतर्फ पठाईएको छ ।
हाल नेपाल प्रहरी, नेपाली सेना, स्थानीय...
समाचार
मध्य क्षेत्रमै सक्रिय मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम
Himal Times -
काठमाडौं । शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल बागमती, मधेस, गण्डकी र कोशी प्रदेशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘हाल...
फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ ।
तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ ।
यात्रुहरुको विवरण आइसकेको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो ।
सम्भावित...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् ।
शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।
‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग...
टोकियो, जापान । नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन आगामी ११ अक्टोबर २०२५, शनिबार दिउँसो १:०० बजे हुने जानकारी फेरि एकपटक सहर्ष गराइएको छ। संघले यो महत्वपूर्ण अधिवेशनलाई व्यवस्थित र समावेशी बनाउन आवश्यक तयारीहरू अघि बढाएको छ।
अधिवेशनलाई थप सहज र व्यापक बनाउनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया अक्टोबर १ देखि नै अनलाइन मार्फत सार्वजनिक गरिने जानकारी संघले...
राजनीति
जेनजी आन्दोलनमा ज्यान गुमाएका धिरज श्रेष्ठका बुवाको आक्रोश: ‘हाम्रा छोराको बलिदानलाई बेवास्ता नगरियोस्’
Himal Times -
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
शनिबार अविरल बर्षा भइरहेका बेला सिंहदरबार अगाडि शहीद परिवार भेला कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्ना छोरालगायत धेरै युवाले देशका लागि बलिदान दिएको स्मरण गराए ।
श्रेष्ठले भने, ‘मेरो छोरोको जेनजी आन्दोलनको दोस्रो...
काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।
राजनीति
जेन–जी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठले भने : संघर्ष खेर जान दिने छैन्
Himal Times -
काठमाडौं । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज(शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन् ।
श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे । उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताए ।
अस्पतालका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म...

















