काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको...
भक्तपुर । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका-१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ ।
जसमा मोरङ, सुनबर्षी नगरपालिका-६ खिर्कीडाँगीस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय २० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोल बस्ने २२ वर्षीय अप्सर आलम र सोही नगरपालिका-८ हर्चनगढी बस्ने २८ वर्षीय प्रदिप कुमार राजवंशी...
Flash News
प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिदैछन्- महासचिव पोखरेल
Himal Times -
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।
विहिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।
उनले भने- ‘माओवादी अध्यक्ष् प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ ।...
सुनसरी । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–४ मेहता टोलबाट भाद्र १९ गते करीव ४ लाख ४२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
सोही ठाउँ बस्ने सुनिल मेहताको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बिओपी साहेवगंज, नेपाल प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।
विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, 'सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । यसका...
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।
विहिबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।
शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् । शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई...
अन्तराष्ट्रिय
रुसमाथि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप, नयाँ प्रतिबन्धको घोषणा
Himal Times -
काठमाडौँ । अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ र रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रूसी राज्य मिडिया आरटीले टेनेसी फर्मलाई 'अमेरिकी दर्शकहरूलाई लुकेका रूसी सन्देशहरू उत्पादन गर्न र डेलिभर गर्न' १० मिलियन डलर तिरेको...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।
बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने ।
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको...

















