काठमाडौं । हाल देशभर विशेषगरी बागमती प्रदेशमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको सन्दर्भमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा झनै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
अन्तराष्ट्रिय
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह
Himal Times -
एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए।
जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले...
काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।
नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन...
शुक्रबार रातिदेखि देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकादेखि पूर्व र पश्चिमका अधिकांश क्षेत्रहरूमा अविरल वर्षाका कारण जनजीवन प्रभावित छ । कतै सडक अवरुद्ध छन् भने कतै नदी–नालामा पानीको सतह बढेको छ । यस्तो मौसमबीच देशको कर्णाली प्रदेशअन्तर्गत पर्ने सुर्खेतका अधिकांश क्षेत्रमा भने फरक दृश्य देखिएको छ। सुर्खेतमा शनिबार बिहानदेखि नै आकाश खुलेको छ र टलटलापुर...
काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ ।
गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल...
हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।
हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ ।...
काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा...
काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।...
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैविच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । मौसम पुर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।
काठमाडौँ । शुक्रबार रातिदेखि भइरहेको बर्षाका कारण शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन् ।
अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् ।
काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको...

















