Home Blog Page 688
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । बाँकी पदाधिकारी र ८४ सदस्यीय...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणख गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएक हुन् । ‘कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज...
काठमाडौं । नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ । विहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो । पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रि पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा अस्पतालमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल...
काठमाडौँ । भारतको प्रतिस्पर्धा नियामक, भारतीय प्रतिस्पर्धा आयोगले रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन गरेको छ । यो मर्जरपछि रिलायन्सको मिडिया साम्राज्य ८.५ बिलियन डलरको भएको छ । यो सम्झौता छ महिना अघि घोषणा गरिएको थियो । तर यो एन्टी ट्रस्ट नियामकको छानबिनमा परेपछि अहिले आएर अनुमोदन भएको भारतीय मिडिया हरुले उल्लेख गरेका छन् ।  यो...
काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा कारण देखाउ आदेश भने जारी भएको छ । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर...
काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ । आँधीले धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको...
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।
काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै...
- Advertisement -

POPULAR POSTS