Home Blog Page 689
काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् । २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीया प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् । अहिले डुरोभ युलियाको कारण पक्राउ परेको बताइएको छ । उनी डुरोभसँग निजी जेटमा अजरबैजानबाट पेरिस पुगेकी थिइन् । अचम्मको कुरा, फ्रान्समा डुरोभविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए । यसपछि पनि...
काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ । यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही...
आजको राशिफल बि.सं.२०८१ भदौ १३ गते बिहीबार ई.सं.२०२४ अगस्त २९ नेपाल सम्बत ११४४ गुंलागा एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४१ बजे, सूर्यास्त साँझ ०५: २७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरे । कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा...
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो ।
काठमाडौँ । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको बिश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ लाई नेपालमा पनि सुरुवात गर्ने उद्धेश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्यो । दक्षिण एशियामानै पहिलो पटक जस्तो सुकै खुल्ला मैदानमा रमाईलो खेलको रुपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो । ‘एयर ब्याडमिन्टन’ द...
काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।...
- Advertisement -

POPULAR POSTS