काठमाडौं- शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१० साइबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन्।
कुमारलाई बुधबार बिहान सवा १० बजे उनको कोठाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए।
भदौ १० गते बिहान राति करिब १:५० बजे शंखमुल साइबाबा...
राजनीति
इलामको माइभ्याली सामुदायिक वनका तत्कालिन अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्धा दायर
Himal Times -
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाएको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोवार गरी आर्थिक अनियमितता...
काठमाडौं- उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन्।
प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर छन्।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए।...
काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दाको बुधबार पनि फैसला भएन । सर्वोच्च अदालतले पेशी तोकिए पनि निर्णय भने सुनाएन ।
यसअघि बहस भएर निर्णय सुनुवाइ बाँकी रहेका थियो । संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइने गरी आज पेशीमा...
काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान प्रदान पत्रमा हस्ताक्षर गरेका...
काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्व फास्ट बलर जाहिर खान आईपीएल फ्रेन्चाइजी लखनऊ सुपर जायन्ट्सको मेन्टर बनेका छन् ।
२०२२ मा आइपिएलको फ्रेन्चाईजी बनेको लखनउको मेन्टरको भूमिकामा यस अघि अष्ट्रेलियाका जस्टिन ल्यान्गर थिए । त्यस अघि हाल भारतीय टिमका मुख्य प्रशिक्षक रहेका गौतम गम्भीरले दुई बर्ष प्रशिक्षकको भूमिका निभाएका थिए ।
केएल राहुलको कप्तानीमा रहेको लखनउ २०२२ र २०२३ मा आइपिएलको...
काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ ।
२७ बर्षिय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए ।
खेलको ८४औं मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ ।
जुआनको निधन...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् ।
बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं...
काठमाडौँ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् ।
३९ बर्षिय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।
रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।
रोनाल्डोले भनेका छन्- 'मलाई थाहा छैन...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए । यस अघि रायो भल्लेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा...

















