काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु बलियो प्रतिपक्षको रुपमा अघि बढ्ने बताए ।
‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु , आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसदसहित हामी सबै...
राजनीति
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिदैन भने जनार्दनजीलाई दिनुस्
Himal Times -
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गरेका हुन् ।
प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोस व्यक्त गर्दै चाहियो भने प्रतिपक्षी दलको नेताको पद पनि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।
परराष्ट्रमन्त्री...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सरेको छ ।
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो ।
चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो...
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करीब ६ लाख रुपैयाँको अबैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतबाट भन्सार छली अबैध रुपमा मोटरसाईकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीनजना तस्करलाई पक्राउ गरेको हो ।
तस्करहरुबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङकन गरी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो विश्वविद्यालयको १५ औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्यौं । हामी दुबैले रुस-युक्रेन...
राजनीति
प्रभु साहको प्रधानमन्त्रीलाई प्रश्न- गिरी बन्धु टि- स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्डको पैसा कसले खायो ?
Himal Times -
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।
काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार) देखी सुरु भएको आजपाको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलिय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।
‘बिचार, सिद्धान्त केही पनि नमिल्ने...
काठमाडौं । सरकारले सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका सरकारी सेवाका कर्मचारीबीच सुरु तलबमान समायोजन गर्न जारी गरेको परमादेशविरुद्ध पुनरावलोकनमा गएको छ ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकार पुनरावलोकनमा गएको हो । सरकार अदालतको आदेश अनुसार तलबमान समायोजन गर्दा राज्यलाई ९२ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भार थपिने भएकाले दबाबमा परेको थियो ।
चालू आर्थिक वर्षको वार्षिक बजेट संसद्बाट पारित भइसकेको सन्दर्भमा ‘यसै...















