काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले...
राजनीति
तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन
Himal Times -
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय...
सुरुची भण्डारी, बारा
विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडी बढाएको छ ।
नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको बताए । बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा...
राजनीति
कर्णालीका भूकम्प प्रभावितले लाभ पाउने गरी काम गर्न सरकार गम्भीर छ- गृहमन्त्री लेखक
Himal Times -
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउने गरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
आइबार राष्ट्रियसभा बैठकमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धि प्रतिवेदनमाथि भएको छलफलमा गृहमन्त्री लेखकले यस्तो बताए । उनले भने, ‘प्राकृतिक प्रकोपमा सबै तहले आ आफ्नो ठाउँमा काम गर्ने स्थिति बनोस्...
राजनीति
वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ- उपप्रधानमन्त्री सिंह
Himal Times -
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए ।
त्यस्तै उनले विकास निर्माणको काममा ढिलाई हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिए ।
‘जलवायु परिवर्तनको...
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जना मानिस लाई पक्राउ गरेको छ ।
प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासीको चार लाख एकईस हजार पाच सय नब्बे बराबरको सामान सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार बरामद १ लाख ४१...
काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।
आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए । स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए । यस खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी...
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जना घाइते भएको र उद्धार...
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमल र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यमलले खेलको २४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए भने लेवानडोस्कीले ७५ मिनेटमा निर्णायक गोल गरेका थिए ।...
















