काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।
उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो...
मस्कट, ओमान — ओमानस्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) गैरकानूनी रहेको जनाउँदै त्यस्तो गतिविधि निरुत्साहित गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।
राजदूतावासका अनुसार सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ तथा नेपालबाट विदेशतर्फ हुने विप्रेषण कारोबार अनौपचारिक माध्यमबाट हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व हो। अनौपचारिक विप्रेषण कारोबार (हुण्डी) का कारण मुलुकमा वैदेशिक...
रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् । बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन् ।
यस्ता छन् सय दिनको अवधिमा तीनवटै मन्त्रालयमार्फत सम्पादन गरिएका १०१ प्रमुख कार्यहरूः
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
१) विगत...
काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
२२ वर्षदेखि...
समाचार
बांगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोली विरोध र्याली निकालिने
Himal Times -
जनकपुर । बांगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ।
जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ ।
समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका छन् । बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
...
एक सातादेखि एक्कासी बढेको चिसोका कारण तराई–मधेश क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ ।
ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी खेततर्फ जान थालेका छन् । बिहानपख बाक्लो शीत र चिसो हावाका कारण कृषि गतिविधि प्रभावित भएको छ । गाईभैंसी चराउन जानेहरुलाई पनि निकै...
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।
समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।
आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक...

















