काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नकाली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै मुद्धा दायर गरेको हो ।
न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता...
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन् ।
संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।
यो जितपछि नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।...
सुरुची भण्डारी, बारा
जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका ईलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष २०८०÷२०८१ मा ४७ हजार २८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाण पत्र वितरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरण अनुसार, यस अवधिमा १९ जनाले अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् भने ७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।
जिल्लामा वैवाहिक अङ्गिकृत नागरिकताको...
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रुपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।
राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृती, मूल्य, मान्यता मासेर देश बिकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।
युबाहरुको भबिष्य बरबाद...
अर्थ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह
Himal Times -
काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका...
सिरहा । गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन् ।
आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरी आश्रम’मा गिरिको दोस्रो बार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
“समाज, दर्शन र अर्थशास्त्रमा स्व. गिरीको अद्भूत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्पे्ररित गरिरहन्छ”, गृहमन्त्री...
काठमाडौँ । बहुप्रतिक्षित फिल्म‘रावायण’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरबाट फिल्ममा पल शाहलाई एक्सन अवतारमा देखाइएको छ ।
फिल्ममा अभिनेत्री पूजा शर्मा टीभी पत्रकारको भूमिकामा रहेकी छन् । त्यस्तै अर्की अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा रहेकी छन् । ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीजको बिदा पारेर रिलिज गरिदै छ ।
सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको...
काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकरी दिए ।

















