काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।
सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बनेको...
सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्नुपर्ने माग सरकारसंग गरेको छ ।
आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा बिभिन्न माग गर्दै मोर्चाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंहलाई समेत...
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समुह बी अन्तर्गतको खेलमा भारतले भुटानलाई १-० गोल अन्तरको जित हासिल गर्दै विजयी शुरुवात गरेको हो ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको भारतको जितमा खेलको ३७औं मिनेटमा मोनिरुल मोल्लाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह...
काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको चौथो दिन आइतबार मात्र ५८ करोड २० लाख कमाई गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २०४ करोड कमाई गरिसकेको छ ।
फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट...
काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । उनले आज दिउँसो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
भेटमा गाजामा इजरायल र हमासबीचको युद्धविरामलाई लिएर दुई नेताबीच छलफल हुने मिडिया रिपोर्टमा बताइएको छ । साथै बन्धक रिहाइसम्बन्धी सम्झौताका विषयमा पनि छलफल हुनेछ ।
यस वार्ताको एउटा उद्देश्य इरान र इजरायलबीचको मध्यपूर्वमा बढ्दो तनाव कम गर्नु रहेको...
सञ्जय मिश्रा
रौतहट ३ भदौ।
रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कार्वाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।
गत साउन मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
कार्वाहीमा...
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज साविक विजेता भारतले भुटानसँग खेल्दै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समुह बी अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ ।
आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल...
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।
भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री...
काठमाडौँ । सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।
मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै...
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गरेका छन ।
साे त्रममा प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेकाे थियो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो...

















