Home Blog Page 708
काठमाडौं । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् । उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।
काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको छ । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र...
अफ्रिका, २ भदौं । नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् । नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएका हुन् । मेडिकल विद्यार्थीहरू वार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा बिहीबार साँझ बेनु राज्यमा अपहरणमा परेका थिए । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासंघले...
ढाका, २ भदौं । हालै राजिनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्धा दायर गरिएको छ । पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो । एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका...
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ । ब्यूरोले भनेको छ- ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस...
काठमाडौं, २ भदौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिएका हुन । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताएका हुन । ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’, उनले भने । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ...
काठमाडौं । सहकारी संस्था बचत ठगि सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो । सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो । सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको...
मस्को, २ भदौं  । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो । रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो । यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो सहरको जनसंख्या १ लाख...
- Advertisement -

POPULAR POSTS