काठमाडौँ । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ । फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए ।
७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन् । योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया...
रौतहट २८ साउन। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्कालै चन्द्रनिगाहपुर स्थित...
सञ्जय मिश्रा
रौतहट २७ साउन। चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवार लाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ।
गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौं बाट रौतहट तर्फ आईरहेको प्रदेश ०३_००१ ख २४९५ नम्बरको गणपती डिलक्स बस लाई अचानक माथि...
ढाका, २७ साउन । बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनियताको सपथ लिएका छन
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए।
यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।
राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग...
नयाँदिल्ली, २७ साउन । कोलकातामा एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्।
आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, जहाँ उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।
सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका सबै मोबाइल फोनहरू जफत गरेका थिए ।
न्युज १८ को रिपोर्ट अनुसार प्रहरीले आरोपीको मोबाइलबाट...
किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ ।
रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्र्दै सो जानकारी दिएको हो ।
युक्रेनको वायुसेनाले भर्खरै भनेको छ कि उनीहरूले ५७ आक्रमण ड्रोनहरू मध्ये ५३ लाई खसालेको छ।
सो वायुसेना बलको टेलिग्राम खातामा भएको पोष्टले ओडेसा, कीभ, सुमी र चेरकासी सहित ड्रोनहरू नष्ट भएका...
काठमाडौं, २७ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
प्रेरणा नेपाल
भैरहवा, साउन २७ । मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मिनाक्षी सर्माले हात पारेकी छन । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवा द्वारा आयोजि मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको...
कोलकत्ता, २७ साउन । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।
भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो ।
अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९...

















