Home Blog Page 728
काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्वपूर्ण पात्र रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट...
काठमाडौँ । मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्‍चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै विभागले काठमाडौँ जिल्ला...
काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो । हसिनाले देश छोडेर भारत आएकी छन् । अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन गर्न जोड दिएको छ । अचम्मको कुरा के...
काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ । भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ । केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी...
काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ । आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना...
काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् । बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् । उनले भनेका छन्- 'उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब...
काठमाडौँ । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।  निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।  अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो । त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले...
काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् । यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम...
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् । जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष...
- Advertisement -

POPULAR POSTS