Home Blog Page 729
काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । ७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् । यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम...
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् । जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर...
आजको राशिफल बि.सं.२०८१ साउन २२ गते मंगलबार ई.सं.२०२४ अगस्त ०६ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: २९ बजे, सूर्यास्त साँझ ०६: ४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण...
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन् । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ । जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि...
काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् । सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड...
काठमाडौँ । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ । एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा आधारित भएर...
- Advertisement -

POPULAR POSTS