काठमाडौँ । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको फिल्मको सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एसिड पीडितको पीडाभाव दर्शाइएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओली औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा आधारित भएर...
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् ।
बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएकी हुन् ।
मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतला प्रस्थान गरेकी छन् । उनी हेलिकप्टरमा भारत गएकी हुन् । उनी आफ्नी बहिनीलाई साथमा लिएर देश छोडेको बिबिसीले उल्लेख गरेको छ ।
आइतबार...
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।
प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको...
काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए।
विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको भन्दै उनले मिडियाहरूमा न्यायको अपेक्षा गरिरहेको बताएका थिए।
बैंकका अनुसार मुद्दती खातामा राखिएको भनिएको उक्त रकम नेपाल दम्पतीले अमेरिका जानुअघि बैंकमा...
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो ।
योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।
भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए ।
केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर...
खेलकुद
बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न गृहमन्त्रीको निर्देशन
Himal Times -
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी–पहिलो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशान दिएका छन् । सोमबार विहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औं बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् ।
महोत्तरी, बाँके, कास्की, संखुवासभा, कञ्चनपुर, भोजपुर चितवन लगायतका बाढी–पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय निकाल्न उहाँले जोड दिए ।
यस्तै गृहमन्त्री लेखकले...
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७० देशले पदक जितेका छन् ।
जसमा अमेरिका १९ स्वर्ण, २६ रजत र २६ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन १९ स्वर्ण, १५ रजत र ११ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै...
काठमाडौँ । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले २०२४ पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । उनले स्पेनका कार्लोस अल्कारेजलाई हराएर विम्बल्डन २०२४ मा आफ्नो हारको बदला लिएका छन् ।
रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७-६(७-३), ७-६(७-२) ले हराएका थिए ।
यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत...
काठमाडौँ । जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नूह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।
उनले सय मिटरको दूरी ९.७८४ सेकेन्डमा पार गरेका हुन् । त्यस्तै जमैकाका किशाने थम्पसनले सो दूरी ९.७८९ सेकेन्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेन्डमा पार गर्दै काश्य पदक...
















