धनगढी । सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो।
जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर...
कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको एघारौं महाधिवेशन २०२५ सेप्टेम्बर १९ गते शुक्रबारका दिन सम्पन्न भएको छ।
महाधिवेशनबाट श्री दिलिप पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै, उहाँसँगै नयाँ कार्यसमितिका पदाधिकारीहरू पनि निर्वाचित भएका छन्।
नव–निर्वाचित अध्यक्ष पराजुली लगायत सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिइएको छ। सोही अवसरमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सफल भएका निवर्तमान अध्यक्ष श्री...
Flash News
नेपाली व्यवसायी समाज क्वालालम्पुरको विशेष साधारण सभा, नयाँ अध्यक्षमा शिव थापा चयन
Himal Times -
क्वालालम्पुर (मलेसिया) । नेपाली व्यवसायी समाज क्वालालम्पुरको आज सम्पन्न विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभाले शिव थापालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। यसअघि अध्यक्ष रहेका ईन्द्र नारायण लिम्बू हालै गैर आवासीय नेपाली संघ (NRNA) को अध्यक्षमा निर्वाचित भएपछि उनलाई व्यवसायी समाजबाट बिदाइ गरिएको छ।
साधारण सभाले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली...
सञ्जय मिश्रा
रौतहट, ४ असोज।
रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन्।
शनिवार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित...
प्रवास
स्पेनमा पहिलो पटक ७० किलो पित्तलको दुर्गा माताको मूर्तिसहित भव्य दुर्गा पूजा हुने
Himal Times -
बार्सिलोना, बार्सिलोनाको ग्रासियास्थित Jardin de Hara मा यस वर्ष गैर आवासीय नेपाली संघ (NRNA) स्पेन परिवारले भव्य दुर्गा पूजा आयोजना गर्ने भएको छ।
सङ्घका अनुसार ऐतिहासिक महत्व बोकेको करिब ७० किलो पित्तलबाट निर्मित पवित्र दुर्गा माताको मूर्ति यसपालि पहिलो पटक पूजा अर्चनाका लागि ल्याइने छ। २२ सेप्टेम्बर २०२५ (घटस्थापना)देखि २ अक्टोबर (विजयादशमी)सम्म सञ्चालन हुने यस दुर्गा पूजामा दैनिक चण्डीपाठ, पूजापाठ,...
काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए ।
आजपाको आज (शनिबार) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए ।
आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन,...
कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो ।
बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा...
लेटाङ लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार मृतकको मृत्युको कारणबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं – वैदेशिक रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीलाई १४ महिनापछि सफलतापूर्वक उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्दार गरिएको हो।
सन् २०२४ को जुलाईमा युक्रेन पुगेका उनीहरू त्यहाँको राजधानी किएभस्थित इमिग्रेशन क्याम्पमा लामो समयदेखि अलपत्र...
टोकियो, असोज २ (सेप्टेम्बर १८) – जापान सरकारले विदेशी कामदारहरूलाई कम्तीमा दुई वर्षसम्म एउटै रोजगारीमा अनिवार्य रूपमा टिक्नुपर्ने नयाँ नियम प्रस्ताव गरेको छ। यो व्यवस्था २०२७ अप्रिल देखि लागू गर्ने गरी देशको विदेशी कामदार तालिम कार्यक्रम (Training Scheme) को सुधार योजनाको हिस्सा हो।
यो प्रस्ताव सेप्टेम्बर १७ मा भएको विज्ञ प्यानलको बैठकमा प्रस्तुत गरिएको हो। नियम लागू भएमा नर्सिङ, औद्योगिक...

















