अर्थ
राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको कर्मचारीलाई निर्देशन
Himal Times -0
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका हुन् ।
'राजस्व...
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।
संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।
यसअघि समिति सभापति रहेकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो ।...
मुकेश कुमार यादव / सिरहा, १४ साउन। सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम नै अवैधानिक ढङ्गले गरेको पाईएको छ। नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागीहनु नै पालिको वेतिथी उदाङ्गो भएको देखिन्छ।
गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती...
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।
सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो ।
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्रथामिकता नपाएको टिप्पणी गरेको छ
एक विज्ञप्ति जारी गर्दै सिएनआईले कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको देखिएपनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको टिप्पणी प्रतिक्रिया दिएको छ ।
राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्नेगरी लिएको यसअघिका नीतिमा सुधार गरी शिथिल अर्थतन्त्रलाई उकास्न खोजेको देखिन्छ...
काठमाडौं । सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०-०८१...
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छन् ।
सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका छन् ।
स्विस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो...
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन् ।
संक्रमणकालीन न्याय...
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा...
काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिएका छन् । सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो ।
हैजा सङ्क्रमण भएको दिनदेखि नै पाँच दिनसम्म लक्षणहरु...

















